कर्णाली प्रदेश प्रहरी कार्यालयको सुरक्षा रणनीतिः चाडवाडमा अपराधिक घटना नियन्त्रण
सुर्खेत : कर्णाली प्रदेशमा प्रहरी कार्यालयले चाडवाड ससुरक्षा योजना तयार पारेको छ । असोज ९ गतेदेखि लागु हुने गरि सुरक्षा योजना तयार पारेको हो ।
नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयद्धारा तयार पारिएको चाड पर्व सुरक्षा कार्य योजना तयार पारेको हो ।
चाड दशै, तिहार र छठ पर्वको सुरक्षाका लागि चार हजार एक सय ४१ प्रहरी परिचालन गर्ने भएको छ । चाडवाडका लागि क्विआरटी परिचालन एक सय २५ वटा, नियमित चेक प्वाइन्ट ३१ स्थान, ट्राफिकसहितको संयुक्त चेकिङ ५३ स्थानमा, चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधी नियन्त्रण चेकिङ १८ स्थान, झै–झगडा,जुवा तास,चोरी लुटपाट,मापसे नियन्त्रण ८६ स्थानमा, मोवाईल गस्ती र पैदल गस्ती दुई ६५ स्थानमा, आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा तथा बजार अनुगमन ७५ स्थानमा, कर्डन सर्च एण्ड एम्बुस १० स्थानमा, बिशेष चेकिङ (लामो दुरिको सवारी चेकिङ (२ वटा चालकको व्यवस्था) १८ स्थानमा र नागरिक सहायता कक्ष २६ स्थान सञ्चालन गरिने कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चार्डपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवान्छित÷अपराधिक क्रियाकलापहरु रोकथाम तथा नियन्त्रण गर्दै नागरिकले सुरक्षित र उल्लासका साथ चार्डपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्ने, कुनै प्रकारको दुव्र्यवहार तथा अपराधिक घटना हुन गर्न नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउने लक्ष्यका साथ सुरक्षा रणनीति अपनाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता माधव प्रसाद श्रेष्ठले जानकारी दिए । ‘सुरक्षा निकायहरुबीच प्रभावकारी समन्वय गरी तत्काल आवश्यकता अनुसार सम्बन्धित स्थानमा सुरक्षाकर्मिहरु परिचालन गर्ने, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुन÷गर्न नदिने र सो कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रहरीको सुरक्षा रणनीति रहेको छ ।’ उनले भने,‘सडक सुरक्षा एवं सुदृढ ट्राफिक व्यवस्थापन गरी यात्रुहरुलाई सुरक्षित रुपमा गन्तव्य सम्म पुग्ने वातावरण निर्माण गरी सरोकारवाला पक्षहरुसँग समन्वय गर्ने लक्ष्य राखेका छौं ।’