२०८१, ८ बैशाख शनिबार

आफुलाई आफैले भोट नहाल्ने उम्मेदवार तिर्नुपर्ने भयो डेढ लाख जरिवाना

सुर्खेत :  स्थानीय तह निर्वाचन २०७९ सालमा आफुले आफैलाई मतदान नगरेका कर्णाली प्रदेशका केही वडा अध्यक्षहरुले डेढ लाख जरिवाना तिर्नुपर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा लडेर निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनीधिलाई निर्वाचन आयोगले जरिवाना तोकेको हो ।
निर्वाचन खर्च नबुझाउने वडा अध्यक्ष र वडा सदस्यलाई निर्वाचन आयोगले डेढ लाख रुपैयाँ जरिवाना तोकेको छ ।
जाजरकोटको कुशे गाउँपालिका वडा नं. ९ को वडा अध्यक्षमा स्वतन्त्रबाट लडेका पशुपति रोकायाले शुन्य मत पाए । तर, उनलाई निर्वाचन आयोगले एक लाख ५० हजार जरिवाना तोकेको छ ।
सल्यानको कुमाख गाउँपालिका वडा नं. २ मा स्वतन्त्रबाट वडा अध्यक्षको उम्मेदवार लडेका प्रेमबहादुर भाटले शुन्य मत पाए । सोही गाउँपालिका वडा नं. ४ बाट स्वतन्त्रबाट वडा अध्यक्ष लडेका यज्ञबहादुर बस्नेत र फणिन्द्र आचार्यले शुन्य मत पाए । सोही गाउँपालिका वडा नं ५ मा स्वतन्त्रबाट वडा अध्यक्ष लडेका गोरखबहादुर थापा शुन्य मत पाए ।
कुमाख गाउँपालिका वडा नं. ७ मा स्वतन्त्रबाट वडा अध्यक्ष लडेका मने डाँगी र अकबर बोहोराले शुन्य मत पाएका थिए । उनीहरुलाई निर्वाचन आयोगले एक लाख ५० हजार जरिवाना तोकेको छ ।
सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. २ माओवादी केन्द्रबाट वडा अध्यक्ष लडेका शुकलाल बस्नेत, वनगाड कुपिण्डे नगरपालिका वडा नं. ११ को वडा अध्यक्षमा स्वतन्त्र लडेका लोकबहादुर बुढाले शुन्य मत पाए । उनीहरुलाई निर्वाचन आयोगले एक लाख ५० हजार जरिवाना तोकेको छ ।
डोल्पाको ठुलोभेरी नगरपालिका वडा नं. ५ मा एकीकृत समाजवादीबाट वडा अध्यक्ष लडेका चन्दे रोकाया र जनता समाजवादीका शिभचन्द्र रोकाय, वडा नं. १० मा स्वतन्त्रमा वडा वडा अध्यक्ष लडेका शिव कार्कीले शुन्य मत ल्याए । उनीहरुलाई पनि निर्वाचन आयोगले जरिवाना तिर्नुपर्ने भएको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ७ मा स्वतन्त्रबाट उम्मेदवार लडेका धमेन्द्र शाही, मुगम कार्मारोग गाउँपालिका वडा नं. १ मा एकीकृत समाजवादी गोटुक तामाङ, सोरु गाउँपालिका वडा नं. ३ मा स्वतन्त्रबाट वडा अध्यक्ष लडेका धर्मराज बुढा, वडा नं. ४ मा स्वतन्त्रबाट वडा अध्यक्ष लडेका तुल्छानाथ योगी, ताराचन्द्र चौलागाई र जाडनाथ योगीले शुन्य मत ल्याए । उनीहरुलाई पनि निर्वाचन आयोगले एक लाख ५० हजार जरिवाना तोकेको छ ।
जुम्लाको सिंजा गाउँपालिका वडा नं. ५ मा वडा स्वतन्त्रबाट वडा अध्यक्ष लडेका बसन्त बुढाले शुन्य मत पाए । उनले निर्वाचन खर्च विवरण नबुझाए वापत निर्वाचन आयोगले एक लाख ५० हजार जरिवाना तोकेको छ ।
कालिकोटको शुभकालिका गाउँपालिका वडा नं.७ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष लडेका दलबिरे कामी, खाँडाचक्र नगरपालिका वडा २ मा माक्र्सवादी लेनिनवादी पार्टीबाट वडा अध्यक्ष लडेका नन्दे कामी, वडा नं. १० मा स्वतन्त्र उम्मेदवार रहेका कालीबहादुर शाही, तिलागुफा नगरपालिका वडा नं. १ मा एकीकृत समाजवादीका वडा अध्यक्ष लडेका कलमबहादुर शाही, वडा नं. ६ मा सोही पार्टीबाट लडेका हरीबहादुर शाही, वडा नं. ८ मा स्वतन्त्रबाट लडेका अग्नीप्रसाद न्यौपाने, वडा नं. ९ मा स्वतन्त्रबाट लडेका तिलकप्रसाद जैशी र एकीकृत समाजवादीका सर्पराज खत्रीले शुन्य मत ल्याए । वडा नं. १० मा एमालेका धनमल थापाले र मजदुर किसान पार्टीका काली रोकायाले शुन्य मत ल्याए । उनीहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ ।
नरहरिनाथ गाउँपालिका वडा नं. ४ मा हर्कबहादुर बुढाले स्वतन्त्रबाट वडा अध्यक्ष लडेर शुन्य मत ल्याए । सो गाउँपालिका वडा नं. ७ गोर्खबहादुर बटाला स्वतन्त्रबाट उम्मेदवार लडेर शुन्य मत ल्याए । उनीहरुलाई जरिवाना एक लाख ५० हजार नै तोकिएको छ ।
कणाली प्रदेशबाट शुन्य मत ल्याउने वडा सदस्य तथा अन्य पदका उम्मेदवारहरुलाई पनि एक लाख ५० हजारदेखि चार लाख ५० हजारसम्म जरिवाना तोकेको छ ।