२०८१, ९ असार शनिबार

हरेक वर्ष दशैंमा किन बढ्छ महँगी

दशैँ « Trends « Khabarhubहरेक वर्षको दशैंमा अत्यासलाग्दो महँगी बढ्ने गरेको छ । तरकारीदेखि मासुजन्य वस्तुको मात्रै होइन, अन्य खाद्यान्नको समेत चाडपर्वका बेला महँगी बढ्ने गरेको छ ।
यसपालीको दशैँमा समेत त्यस्तै महँगी बढेको छ । हवाई टिकटदेखि बसको टिकटको अभाव हुनेमात्रै होइन, मुल्यवृद्धि समेत भएको छ । जसका कारण दशैँ मनाउन गाउँ फर्कनेदेखि शहरमा समेत दशैँ मनाउनेले महँगीको मार खेप्नुपरिरहेको छ ।
हरेक वर्ष चाडपर्वमा महँगी बढिरहेका बेला नेपाल राष्ट्र बैंकले भने महँगी बढ्ने विभिन्न कारणहरु रहेको बताएको छ ।
राजमार्गमा हुने सवारी जामका कारण दैनिक उपभोग्य सामग्री अभाव समेत यसको कारणका रुपमा रहेको छ । तरकारीहरु बाटोमा सड्यो भने त्यसले मुल्यवृद्धि गर्ने गर्छ, त्यस्तै हाम्रो अर्थतन्त्र आयातमुखी रहेको छ, जसका कारण भारत लगायतका तेस्रो मुलुकमा मुल्य बढ्यो भने त्यो बसाई सरेर नेपाल आउँछ अर्थात् त्यसको असर समेत नेपाली बजारमा प्रत्यक्ष पर्ने गरेको देखिएको छ ।’
महँगी बढ्नुको अर्को कारण भनेको बजारमा चाडपर्वका बेला हुने नगद प्रवाह समेत हो । राष्ट्र बैंकका प्रवक्ता भन्छन्,‘दशैँका बेला डिमाण्ड साइडबाट आएको महँगी हो, जुन अल्पकालीन हुन्छ । नेपाली अर्थतन्त्रको धेरै ठूलो हिस्सा आयातको समेत रहेका कारण त्यसको समेत महँगी बढ्नुमा प्रभाव रहेको छ ।