२०८१, ८ बैशाख शनिबार

सिंगो कर्णाली पाल्न सक्ने राराले दुई–चारवटा बँदेल पालेर हुँदैन, निकुञ्ज हटाइयोस् : सांसद महत

सुर्खेत :  प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले राराको निकुञ्जलाई हटाएर मानिसलाई बसोवास गर्न दिनुपर्ने बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै उनले निकुञ्जलाई मुगुको पूर्वतिर सारेर त्यहाँ मानिसलाई बसोवास र व्यवसाय गर्न दिन माग गरे । रारा क्षेत्रले सिंगो कर्णालीलाई पाल्न सक्ने भन्दै महतले निकुञ्ज अन्यत्र सारे झन्डै १० लाख मान्छेले रोजीरोटी पाउने दाबी गरे ।
‘निकुञ्जलाई पूर्वतिर लानुप¥यो, त्यहाँको जनताको आवाज छ । त्यहाँ सिंगो कर्णालीलाई पाल्न सक्ने राराले दुई–चारवटा बँदेल पालेर हुँदैन । आउने सदनले हेक्का राखोस् कर्णालीको रारा निकुञ्जलाई मुगुको पूर्वतिर सारोस्,’ उनले भने, ‘त्यहाँ पाँच लाखदेखि दश लाख मान्छेले रोजीरोटी पाउँछन्। रोजगार पाउनेछन् ।’