२०८०, १८ आश्विन बिहीबार

मुगुमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

सुर्खेत : मुगुमा १६ बर्षीया बालिका सामूहिक तीन जनाले सामूहिक बलात्कार गरेका छन् । छायाँनाथ रारा नगरपालिका–१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेका हुन् ।
पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका–४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका–३ रकुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका–१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशी र १३ वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । ‘घटनाका बिषय थप अनुसन्धान भइरहेको छ ।’ उनले भने,‘आरोपितलाई जिल्ला अदालतको म्याद लिएर अहिले अनुसन्धान भइरहेको छ ।’
लागुऔषधसहित एक जना पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१० तिनकुनेस्थित लागुऔषध कारोबार भईरहेको गोप्य सुचनाका आधारमा एक जनालाई पक्राउ गरेको हो ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३४ वर्षीया भरत बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बिकको साथबाट प्लाष्टिक सहित ९० (नब्बे ) मिलिग्राम र प्लाष्टिक बाहेक शुद्ध ७० (सत्तरी ) मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।