२०८२, १४ जेष्ठ बुधबार

राजनीतिक दलप्रति नागरिक निरास

सुर्खेत : राजनीतिक दलका गतिबिधिले गर्दा नागरिक निरास बन्न पुगेका छन् । यतिखेर आमजनतामा राजनीतिक पार्टीका गतिविधिहरुलाई नियाल्दा निराशासिवाय केही हात लाग्दैन । अरु त अरु माउ पार्टीहरुको अवस्था सुदृढ होला भन्ने कल्पना पनि गर्न नसकिने भएको छ । शीर्ष नेताहरुबीचका छलफलबाट टुंग्याउनुपर्ने अधिकांश मुद्दाहरुमा बाह्य शक्तिले सहजै चलखेल गर्न पाउनेसम्मको अवस्था भएपछि पार्टीहरु कमजोर बन्नु स्वाभाविक नै हो ।