२०८१, ७ जेष्ठ सोमबार

गाउँ गाउँमा निःशुल्क औषधी पु¥याउँ

जनताले तिरेको करबाट सरकारले जनतालाई औषधी निःशुल्क रूपमा दिएको हुन्छ तर यसरी औषधी किन्दा पनि स्वास्थ्य मन्त्री, सचिव वा विभागका महनिर्दैशकहरूले कमिसन खाने गर्छन् ।साथै यता गरिब जनताका लागि भनेर आएको निःशुल्क औषधी पनि स्वास्थ्य कार्यालयका कर्मचारीहरूले बेचेर पैसा कमाउँछन् । गरिब जनताहरू औषधी नपाएर मरिपरिहेका छन् तर सरकारी कर्मचारीलाई केही चासो छैन । यस्तो हुँदा पनि सरकार किन अनुगमन गर्दैन । स्वास्थ्य कार्यालयमा सरकारद्वारा आएको निःशुल्क औषधीहरू जनताको हातमा पनि जादैँन र सरकार पनि अनुगमन गर्दैन ।
जनताले निःशुल्क औषधी पाएनन् भनेर वडाध्यक्ष र मेयर पनि बोल्दैनन् बरु उनीहरू पनि कमिसनमै फुर्किन्छन् । आफ्नो वडा वा गाउँपालिकामा सरकारले कति निःशुल्क औषधीहरू पठाएको थियो भनेर न त्यहाँका जनतालाई नै थाहा हुन्छ न सञ्चारकर्मीलाई नै थाहा हुने गर्छ । कर तिर्ने जनता, औषधी किन्ने रकम पनि जनता कै तर त्यो सबै खाने तै सरकारी कर्मचारीहरू ।
जनताकै मतदानबाट वडाध्यक्षदेखि राष्ट्रपतिसम्म हुने गर्छन् र तलबभत्ता खाएर चिल्लो गाडी चढ्छन् तर जनतालाई भने एउटा सिटामल पनि निःशुल्क नपाएर मरिरहेका छन् । सरकारले जतिसुकै औषधीहरू जनताको नाममा पठाएर पनि ती औषधीहरू जनताले कहिल्यै देख्न पाउँदैनन् । सरकारले जनताको नाममा पठाएको निःशुल्क औषधीहरू स्वास्थ्य क्षेत्रमा आवद्ध सरकारी कर्मचारीले बेचर खाने गर्छन् ।
उनीहरू जनताले नै तिरेको करबाट तलबभत्ता खाने गर्छन् तर जनतालाई नै निःशुल्क औषधी नदिएर मार्नै गर्छन् । पैसाका निम्ति जनतामाथि यसरी खेलबाड गर्ने गर्छन् । के यस्ता भ्रष्टाचारी वा दलाली कर्मचारीहरूले हामी सरकारी कर्मचारी हौँ भनेर भन्न सुहाउँछ । अहिले गाउँदेखि सहरसम्म र बुढोदेखि बच्चासम्मले नेपालका सरकारी कर्मचारीले आज नेपाल नै डुबायो भनेर भन्ने गर्छन् ।सहरतिर दश घरको फरकमा मेडिकलहरू भेटिन्छ तर गाउँतिर एउटा वडामा एउटा मेडिकल समेत छैन । के गाउँका मानिस चाहिँ बिरामी हुँदैनन् के उनीहरू चाहिँ नेपाली नागरिक होइनन् । औषधी बेच्ने मेडिकलहरू नाफा कमाउन सहरतिर केन्द्रित हुन्छन्भने गाउँतिर हुने गर्दैन । अहिले पनि गाउँमा कोही मानिसलाई ज्वरो आएमा एक दिनको बाटो हिडेर सिटामोल किन्न जानुपर्ने बाध्यता रहेको छ ।
गाउँतिर आज पनि मेडिकल वा आर्थिक कमजोरीका कारण कयौँ मानिसहरू ज्वरोका कारण मरिरहेका छन् । गाउँबाट कोही बिरामी बोकेर मेडिकल वा अस्पताल ल्याए पनि ऊसँग पैसा छैन भने अस्पतालले उपचार पनि गर्दैन र औषधी पनि दिँदैन । सरकारी अस्पतालमा पनि बिरामीको पहिला चेकजाँच गर्नुअघि नै डाक्टर, नर्सले बिरामीलाई पैसा बुझाउनु भनेर भन्ने गर्छन् । पैसा काउन्टरमा डिपोजिट नगरेसम्म सरकारी अस्पतालमा पनि डाक्टर तथा नर्सले बिरामीलाई