२०८१, ८ बैशाख शनिबार

अभिनेता पल शाह साढे २ वर्ष जेल चलान,उक्त निर्णयविरुद्ध पल शाह उच्च अदालत जाने

अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय सुनाइएको छ। जिल्ला अदालत नवलपुरले अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो।

शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ। गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएपनि बलात्कार मुद्दामा दोषी नदेखिएपछि सफाई पाएका हुन्।

यज्ञप्रसाद आचार्यको इजलास अनुसार शाहले पीडित बालिकालाई क्षतिपूर्तिसहित १० लाख रुपैयाँ तिर्नसमेत भनेको छ

पल शाह उच्च अदालत जाने

जिल्ला अदालतले जेल सजाय सुनाएका अभिनेता पल साह उक्त निर्णयविरुद्ध उच्च अदालत जाने भएका छन्। जिल्ला अदालत नवलपरासीले आज उनलाई अढाई वर्ष जेल सजायसहित क्षतिपूर्तिको फैसला गरेको थियाे।

मंगलबार जिल्ला अदालतका न्यायाधीशले साहविरुद्ध बलात्कार प्रमाणित नहुने तर बाल यौन दुरुपयोगको ठहर भएको भन्दै अढाई वर्ष सजाय र २५ हजार जरिवाना तथा पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।

उनका वकिल कमला मोहन वाग्लेले उच्च अदालत जाने बताए। जिल्ला अदालतको फैसला गलत भन्दै उनले उच्चबाट न्याय मिल्ने विश्वास व्यक्त गरे।

उनले पीडित भनिएकी नाबालिगले समेत आफूमाथि यौन हिंसा भएको छैन भन्दाभन्दै अदालतले यस्तो फैसला गर्नु गलत रहेको वाग्लेको भनाइ छ। फैसला सकारात्मक नभएको र आफूहरु उच्च अदालत जाने तयारीमा जुटेको वकिल वाग्लेले बताए।