२०८१, २४ फाल्गुन शनिबार

चौकुने गाउँपालिका आगामी पाँच बर्षभित्र विरेन्द्रनगरको विकास सँग प्रतिस्पर्धा गर्ने : अर्थ मन्त्री विन्दमान विष्ट

सुर्खेत : कर्णाली प्रदेश सरकारका अर्थ मन्त्री एवं माओवादी नेता विन्दमान विष्टले आगामी पाँच बर्षभित्र पश्चिम सुर्खेतको विकासले वीरेन्द्रनगरको विकाससँग प्रतिस्पर्धा गर्ने खालबाट अघि बढ्ने गरि विकासे गतिविधि अघि बढीरहेको बताएका छन् । उनले आफ्नो क्षेत्रको विकास र परिवर्तनका लागि सक्दो पहल गरिरहेको बताए । बुधबार चौकुने गाउँपालिकामा आयोजित पार्टीएको एक कार्यक्रममा बोल्दै उनले अब तीन तहका सरकारले जनताको आवाश्यकता पहिचान गर्ने र सोही अनुसार मात्रै विकासे गतिविधिलाई अघि बढाईनुपर्ने बताए । उनले भने,‘चौकुने गाउँपालिकामा माओवादीले केही नमुना कामहरुको थालनि पनि गरेको छ ।’ विष्टले माओवादीले समाजवादको लक्ष्यसहित अघि बढेको बताए । ‘यो देशमा अहिलेको अवस्थामा जतिपनि उपलब्धि भएका छन्, त्यी माओवादीले थालेको १० बर्षे जनयुद्धका उपज हुन्,’उनले भने,‘तर नेतृत्वमा माओवादी लामो समय टिक्न सकिरहेको छैन् । त्यसैले आगामी मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा उत्साहित तवरणले पार्टीलाई स्थापित गर्नतर्फ नेता, कार्यकर्ताहरु अग्रसर हुन जरुरी छ ।’ माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला इञ्चार्ज झकबहादुर (मल्ल) ले चौकुने माओवादीको आधार इलाकाको रुपमा रहेको बताए । ‘किनकी माओवादीले चौकुने गाउँपालिकामा मात्रै नेतृत्व पाएको छ ,’उनले भने,‘ आगामी निर्वाचनमा पनि पार्टी सिद्धान्त र विचार बमोजिम अघि बढ्नुपर्ने हुन्छ ।’ साथै उनले एमाले र माओवादीबिच कुनै तुलना नहुने कुरा समेत उल्लेख गरे । साथै उनले यो देशमा महिला दलित र अल्पसंख्यक तथा पिछडिएको वर्गको उत्थानका लागि माओवादीले खेलेको भूमिका उल्लेखनिय रहेको बताए ।