कालोपट्टी बाँधेर काम गर्दै कमर्चारी
सुर्खेत : नेपाल निजामती सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै सुर्खेतमा सोमबार निजमति कर्मचारीले कालोपट्टी बाँधेर काम गर्न थालेका छन् । कर्णाली प्रदेशका मन्त्रालय, जिल्लास्थित कार्यालय र स्थानीय तहका कार्यर निजामति कर्मचारीहरुले कालोपट्टी बाधेर काम गर्न थालेका हुन् ।
देशव्यापी विरोध कार्यक्रमअन्तर्गत सुर्खेतमा पनि कार्यालय अगाडी मागसहितको कालो व्यानर राख्ने र कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
निजामती क्षेत्रका पाँच वटा संगठनहरु नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेसी कर्मचारी मञ्चले सरकारविरुद्ध विरोधका कार्यक्रम घोषणा गरेका थिए ।
निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राखेर विगतदेखि नै कर्मचारीहरुले विरोध गरिरहेका छन् । विरोधका थप कार्यक्रम नआउञ्जेलसम्मका लागि कालोपट्टी बाँधेर काम गरिने नेपाल निजामती कर्मचारी युनियन सुर्खेतका अध्यक्ष गणेश थापाले जानकारी दिए ।
