२०८१, १५ बैशाख शनिबार

खटाङ पर्यटकीय क्षेत्र गुरुयोजना अलपत्र

सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका–८ खटाङ पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माणको योजना अलपत्र परेको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय अन्र्तगत संघीय कार्यन्वयन इकाईले तयार पारेको गुरुयोजनाको काम अलपत्र परेको हो ।
नेपाल सरकारले मध्यपहाडी राजमार्गमा १० ठुला शहर बनाउने योजना अन्र्तगत गुर्भाकोटको मेहलकुना पनि परेको त्यसै अन्र्तगत निर्माण हुन लागेको खटाङ पर्यटकीय गुरुयोजना अलपत्र परेको हो ।
खटाङ पर्यटकीय क्षेत्रको गुरुयोजनामा भेरीको बीचलाई विकसित गरेर पार्कको निर्माण गर्ने, भ्यूटावर बनाउने लगाएतका योजना समेटिएका थिए ।
खटाङ पर्यटकीय क्षेत्रको गुरुयोजनाको काम शहरी विकास तथा भवन डिभिजन कार्यालय अन्र्तगत संघीय कार्यन्वयन इकाईले लिएको र मध्यपहाडी राजमार्गमा १० ठुला शहरअन्र्तगत डिपिआर तयार भएको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए । ‘पर्यटन गुरुयोजना संंघीय कार्यन्वयन इकाईले तयार पारेको हो ।’ उनले भने,‘मध्यपहाडीमा बन्ने १० ठुला शहर अन्र्तगत डिपिआर तयार भएको थियो ।’
खटाङ पर्यटकीय क्षेत्रमा करिब १२ बिगाहा जमिन रहेको त्यहाँ बिभिन्न पर्यटकीय पार्कका रुपमा विकास गर्नका लागि काम अगाडी बढेको नगर प्रमुख पुनले बताए । ‘करिब १२ करोडको लागतमा पार्कको निर्माण हुनेछ ।’ उनले भने,‘संघीय कार्यन्वयन इकाईले त्यसका लागि काम अगाडी बढेको जानकारी पाएको छु ।’
पर्यटकीय गुरुयोजनाअन्र्तगत बिभिन्न संचरना बन्नुपर्नेमा अहिलेसम्म पनि कुनै संरचनाका काम अगाडी नबढेको खटाङ संरक्षण समितिका अध्यक्ष वीरबहादुर खत्रीले बताए । ‘खटाङ पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि स्थानीयको धेरै पहिलेदेखिको माग हो ।’ उनले भने,‘अहिलेसम्म कुनै काम हुन सकेको छैन् ।’
खटाङ क्षेत्रमा धेरै पर्यटकीय स्थलहरुका रुपमा विकास गर्नका लागि भ्यूटावर, चमरे गुफा संरक्षण वनभोज स्पोटलगाएतका अन्य पूर्वाधारको निर्माण गर्न आवश्यक रहेको समितिका अध्यक्ष खत्रीले बताए । ‘यहाँ पर्यटकीय संम्भावनाका क्षेत्र धेरै रहेका छन् ।’ उनले भने,‘पूर्वाधार नभइ पर्यटक पनि आउँदैनन् ।’
नेपाल सरकारले भ्रमण बर्ष २०२० मनाइरहेको बेला पर्यटकीय क्षेत्रको पहिचान गर्न नसकेको खत्रीको गुनासो थियो ।
खटाङ क्षेत्रमा अहिले वीरेन्द्रनगर बजार, सल्यान, जाजरकोट, बाँके र दैलेखका पर्यटक आउने गरेको तर, पर्यटकका लागि पूर्वाधार नहुँदा समस्या भएको स्थानीय तुलसी रावलले बताए । ‘पर्यटकहरु घुम्नका लागि आउँछन् ।’ उनले भने,‘घुम्न र हेर्नका लागि अन्य खासै कुनै ठाउँ छैन् ।’
खटाङ पर्यटकीय क्षेत्र रुपमा विकास गर्नका लागि भेरीमा ¥याटिङ्, व्यवस्थित पार्क, शिव मन्दीरको पुर्ननिर्माण र भेरी वारपारका लागि सहजमार्गको पूर्वाधार निर्माण गर्नुपर्ने रावलले बताए । ‘खटाङ क्षेत्रको विकासका लागि खासै चासो कसैले पनि दिएको छैन् ।’ उनले भने,‘पूर्वाधार विना कसरी पर्यटक आउँलान् ।’