२०८१, १९ भाद्र बुधबार

महावु धामको महत्व

समुद्र सतहदेखी ४ हजार २ सय मिटर उचाईंमा रहेको महावुधाममा प्रत्यक वर्ष जनैपूर्णिमाको दिनमा पूजा गर्ने परम्परा रहेको छ । कालिकोट जिल्लाका काफ्ले कुलका एक जना र दैलेख जिल्लाका आचार्य कुलका एक जना गरेर दुईजना पूजारीले पूजा गर्ने परम्परा रहेको छ । स्वचित्त र स्वघट लगेर मागेको मनोकामना पूराहुने विश्वासका साथ भक्तजनहरू भेला हुने गर्दछन् । पहिलेका दिनहरूमा महाबुधाममा महिलाहरू गएमा अनिष्ट हुन्छ भन्ने धारणा रहे तापनि अब महिलाले पनि महाबुको दर्शन गर्न पाउने व्यवस्था गरिएको छ । भक्तहरूले आफ्नो मनोकांछा पुराहोस् भनेर महादेवलाई त्रिशूल बनाएर चढाउने गर्दछन् । काँधमा त्रिसुल बोकेर शिवको महिमा गाउँदै अधिकांश भक्तजनहरू पैदल यात्रा गरेर जान्छन् भने कोही जीप अनि मोटरसाईकलमा पनि महावुधाम पुग्छन् । भुर्तीका आचार्य ब्राहमणहरू बिहानै अर्थात पुजा हुने दिन हिडेर शिव उत्पती भएको स्थानमा पुग्न सक्ने अन्य यात्रुलाई दुई दिनको यात्रा गर्नुपर्ने महावुको महिमा गजब छ । समुन्द्र सतहदेखि ४ हजार २ मिटर उचाईंमा लाग्ने महावु धाम धार्मिक मेला हरेक वर्ष जनै पूर्णिमाका दिन पर्दछ । मेला भर्नका लागि नेपाल र भारतबाट हजारौं तिर्थालुहरू दैलेख सदरमुकाम हुँदै महावु पुग्दछन् । कर्णाली र लुम्बिनी प्रदेशका धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको कालीकोट र दैलेख जिल्लाको सीमानास्थित महावुगाथ निकै रमणिय स्थानमा रहेको छ । महाबुगाथ नेपालकै प्रसिद्ध धामको रूपमा परिचित भएकै कारण प्रत्यक वर्ष धार्मिक तिर्थालुहरू बढ्दै गएका छन् । दैलेख सदरमुकामबाट दुई दिनको पैदल यात्रा पश्चात पुग्न सकिने महावु गाथमा अब उनीपाटासम्म मोटर बाटो बनि सकेको छ ।
महाबुगाथमा प्रत्येक वर्ष जनै पूर्णिमाको अवसरमा २ दिन अघिदेखि पाँचदिनसम्म ठूलो मेला लाग्ने र विशेष पूजापाठ हुने गर्दछ । चुर्तुदशीका दिन विशेष पुजापाठ गरिन्छ । वार्षिक पूजाका अवसरमा दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु, जाजरकोट, रुकुम, बाँके तथा भारतबाट पनि ठूलो संख्यामा धार्मिक तिर्थयात्रीहरू पुग्ने गर्दछन् । चिसो लेकाली भू–भाग भएकोले महाबुगाथका तिर्थयात्रीहरू न्यानो लुगासँगै काँधमा त्रिशुल बोकेर भजनकिर्तन गर्दै उकालो लाग्ने गर्दछन् । महाबुगाथ रहेको स्थान निकै रमणिय पाटन क्षेत्र र सम्म परेकोले यहाँ दैलेख, कालिकोट, जुम्लालगायतका स्थानबाट भैंसी, भेडा बाख्रा चराउने उद्देश्यले गोठालाहरू गोठ निर्माण गरेर बस्ने गर्दछन् ।