२०७९, ९ आश्विन आईतवार

भिरबाट लडेर वृद्धको मृत्यु

हुम्ला : जिल्लाको दक्षिणी भेग अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको हो ।

सोमबार बिहानै घाँस काट्न हिँडेका थापा मंगलबार साँझसम्म पनि नफर्केपछि खोजी  गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गोठालाले खोजी गरेपछि उनी मृत भेटिएका थिए।