२०७९, ९ आश्विन आईतवार

कर्णालीका नौ स्थानीय तहका ९९ विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागु हुँदै

सुर्खेत : विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देशले सुरु भएको विद्यालय नर्स कार्यक्रम थप विस्तार हुने भएको छ । चालु आर्थिक वर्षमा देशका विभिन्न २५ स्थानीय तहका विद्यालयमा नर्स राख्ने कार्यक्रम लागू हुँदैछ ।
कर्णाली प्रदेशका ११ स्थानीय तहका ९९ विद्यालयमा चालु आर्थिक वर्ष वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुने भएको छ । त्रिवेणी गाउँपालिकाका रुकुमपश्चिमका ११ विद्यालय, मुसीकोट नगरपालिका रुकुमश्चिमका १० विद्यालय, त्रिपुरा सुन्दरी नगरपालिका डोल्पाका ५ विद्यालय, चन्दननाथ नगरपालिका जुम्लाका ५ विद्यालय, खाडाँचक्र नगरपालिका कालिकोटका १० विद्यालय, नारायण नगरपालिका दैलेखका १० विद्यालय, भेरी गंगा नगरापालिका सुर्खेतका १० विद्यालय, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका २० विद्यालय, सर्केगाड गाउँपालिका हुम्लाका ४ विद्यालय र छेडागाड नगरपालिका जाजरकोटका १४ विद्यालयमा छनौट भएका छन् ।
मन्त्रालयले त्रिवेणी गाउँपालिकाका रुकुमपश्चिमका ११ विद्यालयका लागि चार करोड १७ हजार, मुसीकोट नगरपालिका रुकुमश्चिमका १० विद्यालयका लागि तीन करोड छ लाख ५५ हजार, शारदा नगरपालिका सल्यानका १० विद्यालयका लागि तीन करोड पाँच लाख ९२ हजार, त्रिपुरा सुन्दरी नगरपालिका डोल्पाका ५ विद्यालय एक करोड आठ लाख १२ हजार, चन्दननाथ नगरपालिका जुम्लाका ५ विद्यालयका लागि एक करोड आठ लाख २२ हजार, खाडाँचक्र नगरपालिका कालिकोटका १० विद्यालयका लागि तीन करोड छ लाख ७५ हजार, नारायण नगरपालिका दैलेखका १० विद्यालयका लागि तीन करोड छ लाख ४८ हजार, भेरी गंगा नगरापालिका सुर्खेतका १० विद्यालयका लागि तीन करोड छ लाख ६८ हजार, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका २० विद्यालयका लागि सात करोड दुई लाख ३९ हजार, सर्केगाड गाउँपालिका हुम्लाका ४ विद्यालयका लागि करोड पाँच लाख छ हजार र छेडागाड नगरपालिका जाजरकोटका १४ विद्यालयका लागि पाँच करोड ४८ हजार रकम विनियोजन समेत गरेको छ ।
नर्सले कति पाउने छन् तलव
एक नर्स एक विद्यालय कार्यक्रममा सञ्चालनमा रहेका विद्यालयमा कार्यरत नर्सले मासिक तलव ३० हजार दुई रुपैयाँ तोकिएको छ । उनीहरुले एक वर्षको तलव मात्र पाउने छन् । अन्य सेवा सुबिधा कुनै तोएिको छैन् ।
नयाँ कार्यक्रम लागु भएका विद्यालयले बार्षिक औषधी खरीदका लागि ५० हजार रुपैयाँ पाउने छन् । स्थानीय तहले यो कार्यक्रम अनुगमन तथा समिक्षाका लागि २५ हजार रुपैयाँ खर्च गर्न पाउने छन् ।
के छ उद्देश्य
एक विद्यालय एक नर्स कार्यक्रम तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले सुरु गरेका थिए । कार्यक्रम सुरु गर्नुको मुख्य दुई उद्देश्य थियो ।
विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने, विद्यालयमै आइपर्ने स्वास्थ्य समस्या समाधान गर्ने, उद्देश्य कार्याक्रम लागु गर्न खोजिएको हो ।
उक्त कार्यक्रमलाई सबैभन्दा पहिले बागमती प्रदेशले सुरु गरेको थियो । १३ जिल्लाका २० सामुदायिक विद्यालयमा पाइलट प्रोजेक्टका रुपमा सुरु भएको थियो ।