२०८३, १७ असार बुधबार

हिरासतमा रहेकी महिलालार्ई बलात्कार गरेको आरोपमा असई बिरुद्ध जाहेरी दर्ता

थुनुवा महिलामाथि बलात्कार गरेको आरोपमा असई चौलागाईंबिरुद्ध मुद्दा दर्ता «  Drishti News – Nepalese News Portalसुर्खेत : बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई बिरुद्ध जाहेरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको हो ।
हिरासतमा रहेकी ती महिलालाई असई चौलागाईंले शुक्रबार राती बयानका लागि भन्दै आफ्नो कोठामा बोलाएर बलात्कार गरेको आरोप लगाएकी छन् ।
शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दिएको बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए । ‘थुनामा राखेर अनुसन्धान भइरहेको छ ।’ उनले भने,‘अनुसन्धानपछि थप प्रक्रिया चालिनेछ ।’
बुहविवाहको मुद्धामा थुनामा रहेकी ती महिलालाई असई चौलागाईंले मध्य राती हिरासत कक्षबाट निकालेर आफ्नो कोठामा बयानका लागि भन्दै बोलाएर बलात्कार तथा यौन दुव्र्यहार गरेका पीडित महिलाको आरोप रहेको छ ।
राती महिलालाई आफ्नो कोठामा बोलाएको भन्दै अन्य हिरासतमा रहेका व्यक्तिहरुले होहल्ला गरेपछि ती महिलालाई पुनः हिरासतमा राखिएको थियो ।