२०८१, ५ जेष्ठ शनिबार

असईमाथि लाग्यो, हिरासतमा रहेकी महिलामाथि बलात्कार गरेको आरोप

सुर्खेत : बाँके जिल्लाको इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईंले प्रहरी हिरासतमा रहेकी एक महिलालाई बिहीबार राति बलात्कार गरेको आरोप लागेको छ । प्रहरी हिरसातमा रहेकी महिलालाई बलात्कार गरेको आरोप लागेपछि असई चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्जमा बोलाएर सोधपुछका लागि बोलाइएको छ ।
राति असई चौलागाईंले मुद्दाबारे सोधपुछ गर्नु छ भन्दै महिलालाई हिरासतबाट निकालेर आफ्नो माथिल्लो कोठामा लगेको पीडित महिलाले बताएकी छन् ।
हिरासतमा रहेकी ती महिला साउन ११ गते बहुविवाह गरेको कसुरमा पक्राउ परेकी बाँके प्रहरी प्रवक्ता डिएसी मधुसुधन न्यौपानेले बताए । ‘घटनाबारे सोधपुछ गर्न असईलाई जिल्ला प्रहरी ल्याएका छौं । सोधपुछ भइरहेको छ ।’ उनले भने,‘अन्यायमा परेकी महिलालाई न्याय दिन्छौं ।’

 

सम्बन्धित समाचार