२०८१, १६ चैत्र आईतवार

कर्णालीका बहुमुल्य खानी कम्पनी, फर्म र व्यक्तिका नाममा

सुर्खेत : कर्णालीमा रहेको बहुमूल्य खानीहरु बिभिन्न व्यक्ति, कम्पनी र फर्महरुले आफ्नो नाममा दर्ता गराएका छन् । खानी तथा भू–गर्भ विभागको तंथ्याङ्क कर्णाली प्रदेशमा रहेका बहुमूल्य खानीहरु व्यक्ति, कम्पनी र फर्महरुले आफ्नो नाममा दर्ता गराएका छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा ३२, आर्थिक बर्ष २०७५/०७६ मा २३, चालु आर्थिक वर्षमा ३ फर्मले बहुमूल्य खानीहरु व्यक्ति, कम्पनी र फर्मका नाममा दर्ता भएका छन् ।
कर्णालीमा पाइने बहुमूल्य काइनाईट, क्वार्ज, तुर्मालिन, सुन, फलाम, कोल्केट, लिमस्टोन जस्ता बहुमुल्य धातुहरु बिभिन्न कम्पनी तथा फर्मले उत्खलन तथा निकासीका लागि स्वीकृति लिएको खानी तथा भू–गर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटाले बताए । ‘नेपाल सरकारको नियमनुसार हामीले खानीको उत्खलन र निकासीका लागि स्वीकृत गरेको छ ।’ उनले भने,‘खानी तथा भू–गर्भ विभाग नियमानुसार नै दर्ता भएका हुन् ।’
आर्थिक बर्ष २०७४/०७५ मा उल्खलन तथा निकासीको अनुमति लिएका मध्ये १ फर्मले कोल्केट खानी सल्यानमा, ११ फर्म तथा व्यक्तिले काइनाइटका लागि जाजरकोट, कालिकोट, सल्यान र दैलेख जिल्लामा उल्खलनको अनुमति लिएका छन् । त्यस्तै, ११ वटा कम्पनी, फर्म र व्यक्तिले तुर्मालिनका लागि जाजरकोट, सल्यानमा अनुमति लिएका छन् ।
तीन वटा फर्मले सुन खानीका लागि जाजरकोट, १ फर्मले क्वार्ज खानीका लागि हुम्ला, फलाम खानीका लागि दुई फर्मले जाजरकोट र सल्यानबाट उल्खलनको अनुमति लिएका छन् । एक फर्मले सल्यानबाट लिमस्टोन उल्खलनका लागि अनुमति लगेको छ ।
आर्थिक बर्ष २०७५÷०७६ मा खानी उल्खलनका निकासी अनुमति लिनेमा २३ फर्म, कम्पनी र व्यक्ति रहेकोमा सात वटाले दैलेख, जाजरकोट, कालिकोटबाट काइनाइट, जाजरकोटमा तुर्मालिन उल्खलन नौ वटा, जाजरकोटमा दुईले फलाम खानी, सल्यानमा एक÷एक कोल्केट र लिमस्टोन, सल्यान र जाजरकोटमा सुनका लागि दुई र एक वटाले हुम्लामा क्वार्जका लागि उत्घलन अनुमति लिएका छन् ।
आर्थिक बर्ष २०७८÷०७९ मा भने एउटा मात्र कम्पनीले उल्खलनको अनुमति लिएको छ । सुर्खेतको चौकुने गाउँपालिकामा लिमस्टोन निकासी तथा उल्खलनका लागि बिषेश व्यवस्था अनुसार लिमस्टोन उल्खलनको लागि अनुमति लिएको छ ।
स्थानीय तहसँग समन्वय नै गर्दैनन्
खानी तथा भू–गर्भ विभागबाट उल्खलन तथा निकासी लिएका कम्पनी, फर्म तथा व्यक्तिहरुले स्थानीय सरकारसँग कुनै समन्वय नगरी उल्खलन तथा निकासी गर्ने गरेका छन् । स्थानीय तहसँग समन्वय नहुँदा कुन कम्पनी तथा फर्म वा व्यक्तिले कति मात्रामा सामानको निकासी तथा उल्खलन ग¥र्यो भन्ने कुनै जानकारी नै नहुने गरेको छ ।
विगत लामो समयदेखि बिभिन्न कम्पनी तथा फर्महरुले कालिकोटको शुभकालिका गाउँपालिका– २ भर्तामा रहेको काइनाईट खानीबाट बहुमूल्य पत्थरको निकासी हुने गरेको त्यो कति मात्रामा कसले निकासी ग¥र्यो राजश्व कसलाई बुझायो भन्ने अहिलेसम्म पनि जानकारी नभएको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द आचार्यले बताए । ‘हाम्रो गाउँपालिकामा बहुमूल्य काइनाइट पत्थरको खानी छ ।’ उनले भने,‘त्यो कसले कसरी लिएको कसलाई राजश्व बुझाएको छ । त्यो बिषयमा गाउँपालिकालाई कुनै जानकारी हुदैँन् ।’
राजश्व गुम्दै
कर्णालीमा प्रदेशमा रहेका खनिजहरु अबैध उत्खलन चोरी निकासी हुँदा करौडो राज्श्व गुम्ने गरेको छ । प्रदेश सरकार र स्थानीय सरकारसँग खनिज ऐन कार्यबिधि निर्देशिका नहँुदा र संघीय सकारले नै सबै कार्यव्यवस्था हेर्ने भएकाले करौडो राजश्व गुम्दै गएको छ ।