२०८०, १८ आश्विन बिहीबार

सुर्खेतमा थाल ठटाएर महंगीको विरोध

सुर्खेत : सुर्खेतमा थाल ठटाएर महंगीको विरोध गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महंगीविरुद्ध बुधवार थाल ठटाएर वीरेन्द्रनगर बजारमा प्रदर्शन ¥याली निकालेका हुन्।
महिला संगठनका जिल्ला उपाध्यक्ष भूमी खत्री, केन्द्रीय सदस्य जनक सिंह ठकुरी, जिल्ला अध्यक्ष कविराम पुरी, प्रदेश सचिव सूर्यबहादुर शाही लगायतको अगुवाईमा महंगीको विरोधमा प्रर्दशन गरिएको हो।
प्रदर्शनका क्रममा ‘महंगी नियन्त्रण गर, कालो बजारी र भ्रष्टाचारीमाथि कारबाही गर, राप्रपाको २२ बुँदे माग पूरा गर’ लगायतका नारा लगाईएको थियो। मंगलगढी चोकबाट सुरु भएको विरोध ¥याली वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।