दैलेखको गुराँस गाउँपालिकामा गोली चल्दा ७ जना घाइते
सुर्खेत : दैलेखको गुराँस गाउँपालिकामा करार कर्मचारीलाई हटाउन लागिएको भन्दै कर्मचारीहरु प्रदर्शनमा उत्रिएका छन् ।प्रदर्शन उग्र बनेपछि नियन्त्रणको लागि प्रहरीलाई हम्मे हम्मे परेको थियो ।
प्रदर्शन नियन्त्रणमा लिन दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको दैलेख प्रहरीले जनाएको छ । आन्दोलनकारीको आक्रमणबाट गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीसहित ७ जना सुरक्षाकर्मी घाइते भएका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताएका छन्। आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि घाइते भएका ७ जना सुरक्षाकर्मीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको जानकारी दिए । घाइतेहरूलाई उपचारका लागि सुर्खेतको वीरेन्द्रनगर ल्यायकाे उनले बताए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार गाउँपालिकाले करार कर्मचारी हटाएको विषयमा विवाद हुँदा प्रहरीले ३ राउन्ड हवाई फायर गर्नु परेको बताए।
