२०८१, ७ बैशाख शुक्रबार

कर्णालीका कुन मन्त्रालयको कति बेरुजु

भौतिक पूर्वाधार विकास मन्त्रालयको रहेको छ । १२ लाख ६७ हजार ८ सय ४७ रुपैयाँ बेरुजु देखिएकोमध्ये एक लाख १२ हजार २ सय ७५ रुपैयाँ असुल गर्नुपर्ने, नौं लाख ९३ हजार एक सय ५१ रुपैयाँ नियमित गर्नुपर्ने र एक लाख ६२ हजार चार सय २१ रुपैयाँ पेस्की बाँकी, सामाजिक विकास मन्त्रालयको एक लाख ६३ हजार एक सय ७१ रुपैयाँ बेरुजु देखिएकोमा २४ हजार नौं सय ७ रुपैयाँ असुल गर्नुपर्ने, एक लाख २७ हजार तीन सय ५५ रुपैयाँ नियमित गर्नुपर्ने र १० हजार नौं सय नौं रुपैयाँ पेश्की बाँकी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको बेरुजु ९३ हजार सात सय १७ रहेकोमा तीन हजार ५५ रुपैयाँ असुल गर्नुपर्ने, ८४ हजार नौं सय ४१ रुपैयाँ नियमित गर्नुपर्ने र पाँच हजार सात सय २१ रुपैयाँ पेश्की बाँकी रहेको छ ।
त्यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ३८ हजार एक सय १३ रुपैयाँ बेरुजु मध्ये, पाँच हजार ९८ असुल गर्नुपर्ने, २८ हजार नौं सय ९६ नियमित गर्नुपर्ने र चार हजार १९ रुपैयाँ पेस्की बाँकी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३७ हजार नौं सय ५७ रुपैयाँ बेरुजु, जसमध्ये ६ हजार ६ सय असुल गर्नुपर्ने, २८ हजार नियमित गर्नुपर्ने र तीन हजार तीन सय ५७ रुपैयाँ पेस्की बाँकी, आर्थिक मामिला तथा योजना मन्त्रालयको जम्मा ८० रुपैयाँ बेरुजु रहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको शुन्य बेरुजु रहेको छ ।