२०८१, २० बैशाख बिहीबार

मापदण्डबिनै १० होटललाई १ करोड ३९ लाख भुक्तानी

कोरोना भाइरस (कोभिड–१९)को समयमा कर्णाली प्रदेश अस्पतालले नियमावली विपरीत होटलहरुलाई रकम भुक्तानी गरेको पाइएको छ । कोभिडको समयमा कामका खटिएका अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई वीरेन्द्रनगरका होटलहरुलाई व्यवस्थापन गरिएको थियो ।
महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आव ०७७÷०७८ को प्रतिवेदन अनुसार अस्पतालले वीरेन्द्रनगरका १० वटा होटलहरुलाई १ करोड ६९ लाख १७ हजार रकम भुक्तानी गरेको छ ।
यस्तै स्वास्थ्य सेवा कार्यालय दैलेखले औषधी, उपकरणहरु खरिदमा मापदण्ड नै पुरा नगरेर सोझै खरिद गरेको पाइएको छ । तर स्वास्थ्य सेवा कार्यालय दैलेखले सात वटा सप्लायर्सहरुबाट सोझै खरिद गरी उपकरणका लागि ८६ लाख ९७ हजार र औषधीका लागि ४२ लाख ८३ हजार गरी १ करोड २९ लाख रकम भुक्तानी गरेको छ ।