निगमले फेरि बढायाे इन्धनकाे मूल्य
काठमाडाैं : पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा ९ रूपैयाँ मूल्य बढाएको हो। (सोमबार) साँझ निगमले विज्ञप्ति निकालेर बढेको मूल्यबारे जानकारी दिएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य १८१ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १७२ रूपैयाँ प्रतिलिटर पुगेको छ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रूपैयाँ बढाएको छ।

