कर्णालीमा उत्पादन हुने अन्नबाली खरिद गर्न घर मै पुग्छन व्यापारी ।
सुर्खेत : कर्णालीमा उत्पादन हुने अन्नबाली खरिद गर्न ब्यापारीहरु घरमा नै पुग्ने गरेका छन् । कर्णालीमा उत्पादन हुने सिमी, फातपर चिनो, कागुनो, स्याउ, ओखर लगाएतका खाद्यान्न खरिद गर्न ब्यापारीहरु घरघरमा पुग्ने हुन् ।
तस्वीरः कर्णालीको रैथाने बाली कोदो टिप्दै एक महिला ।
कर्णालीमा उत्पादन हुने अन्नबालीहरुलाई सेतो चामलसँग ब्यापारीहरुले साट्ने गरेको एक केजी बराबर दुई केजी सेतो चामल दिने गरेको कालिकोट तिलागुफा नगरपालिका– १ का मायालाल महताराले बताए । ‘ब्यापारी स्थानीय रुपमा उत्पादन हुने अन्नबाली खरिद गर्न गाउँ गाउँमा आउँछन् ।’ उनले भने,‘त्यो अन्नबाली एक केजी बराबर दुई केजी सेतो चामल दिएर किन्ने गरेका छन् ।’
कर्णालीमा उत्पादन हुने अन्नबालीको माग देशका बिभिन्न ठाउँमा माग बढ्दो भएका कारणले ब्यापारीहरुले फल लाग्नुभन्दा अगाडी नै खरिद गर्ने गरेको खाँडाचक्र नगरपालिका–८ का पाँखाका देवकला आचार्यले बताइन् । ‘अन्नबाली उत्पादन नहुनुभन्दा अगाडी नै ब्यापारीहरु आएर पैसा दिएर जान्छन् ।’ उनले भनिन्,–‘बोट नलाग्नु, फल नदिनु अगाडी नै हाम्रो बाली खरिद गरिहाल्छन् ।’
कर्णालीमा उत्पादन हुने अन्नबाली ब्यापारीहरुले गाउँ गाउँबाट नै उठाउन थालेपछि नेपाल खाद्य संस्थानले खरिद गर्ने गरेको कर्णाली सिमी, फापर, चिनो, कागुनोको लक्ष्य अनुसार खरिद गर्न समस्या रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालय कालिकोटका प्रमुख प्रमोद आचार्यले बताए । ‘ब्यापारीहरुले गाउँबाट नै कर्णालीको अन्नबाली उठाएर लैजान्छन् ।’ उनले भने,‘हामीले खरिद गर्ने लक्ष्य अनुसारको अन्नबाली खरिद गर्न सकेका छैनौं ।’
कर्णालीमा उत्पादन हुने मार्सी चामल, सिमी, उवा, जौ, फापर, आलु लगाएतका बालीहरु नेपालका प्रमुख शहरमा निर्यात हुने गरेको छ भने विदेशी पर्यटकको पहिलो रोजाई कर्णालीको बाली पर्ने गरेको खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष दिनेश शाहीले बताए । ‘कर्णालीमा उत्पादन हुने मार्सी चामल, सिमी, उवा, जौ, फापर, आलु लगाएतका बालीहरु नेपालका प्रमुख शहरमा माग बढ्दो रहेको छ ।’ उनले भने,‘त्यसैले ब्यापारीहरु कर्णाली उत्पादन हुने बाली खरिद गर्न गाउँमा नै पुग्ने गरेका हुन् ।’
कर्णालीमा चिनो, कागुनो, दलहन, फलफूलको उत्पादन निकै हुने गरेको त्यसको उचित संरक्षण प्रर्बद्धनमा यहाँका पुरुषहरुभन्दा बढी अगुवा किसानहरु बढी रहेको कर्णाली कृषि तथा खाद्य सरोकार समुहका अध्यक्ष कालीबहादुर मल्लले बताए । ‘कर्णालीमा अरु ठाउँमा पाइने र नपाइने सबै प्रकार बाली हुने गरेका छन् ।’ उनले भने,–‘त्यो बाली उत्पादनमा यहाँका पुरुषभन्दा बढी महिलाहरुले संरक्षण प्रर्बदन र उत्पादन गर्ने गरेका छन् ।’
कर्णालीमा रहेका महिलाहरुले बढी कृषि पेशामा निर्भर रहेको यहाँका महिलाहरुले कृषि पेशाबाट जानेर वा नजानेर धेरै फाइदा लिन नसकेको त्यसका लागि कृषि पेशाबाट आत्मनिर्भर महिलाहरु कम भएको र यहाँका महिलाहरुलाई कृषि पेशाबाट नै आत्मनिर्भर बनाउन पहल चाल्नु पर्ने खाँडाचक्र नगरपालिकाका अगुवा किसान तारा गिरीले बताइन् । ‘यहाँका सबै महिलाहरु कृषिमा निर्भर रहेका छन् । तर, कृषिमा नै आत्र्मनिर्भर हुन सकेका छैनन् ।’ उनले भनिन्,–‘त्यसका लागि बिषेश पहल चाल्न जरुरी छ ।’