२०८१, ८ कार्तिक बिहीबार

हराएकी बालिकाको शव फेला

सुर्खेत: सुर्खेतमा चार दिनदेखी हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानीकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको मृत अवस्थामा शव फेला परेको हो ।


नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएकी थिइन् । चार दिनदेखि हराएकी बालिकाको मंगलबार बिहान बालिकाको घरदेखि एक सय मिटरको दुरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले बताए ।
बालिकाको मृत्युको कारण नखुलेपनि घटनामा संलग्न भएको आशंका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।