२०७९, ६ जेष्ठ शुक्रबार

सुर्खेत उद्योग बाणिज्य संघमा सधै चुनावका बेला लफाडा

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन तोकिएकै मितिमा हुने भएको छ । सुर्खेत उद्योग बाणिज्य संघका पदाधिकारीबीच जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार नै तोकिएको मिति चैत २६ गते नै हुने भएको हो ।
सुर्खेत उद्योग बाणिज्य संघका पदाधिकारीहरुले जिल्ला प्रशासन कार्यालय सुर्खेतले फागुन २० गते दुबै पक्षबीच छलफलमा बोलाएको र त्यहाँ भएको सहमति अनुसार नै तोकिएको मितिमा निर्वाचन हुने जनाएको छ ।
सुर्खेत उद्योग बाणिज्य संघले बिधान संसोधन गरेर अगाडी बढेको अहिले असुन्तुष्टी राख्ने पक्षले नै विगतमा बिधान संसोधन गरेको र निर्वाचनको कार्यबिधि बनाएको जनाएको छ । अहिले संघमा सदस्यता नविकरणलगाएतका बिषयमा विवाद शुरु भएको छ ।
के हो विवादको बिषयमा
संघको बिधानमा प्रत्येक आर्थिक वर्षमा सदस्यता नविकरण गर्नुपर्ने, तोकिएको मितिभन्दा तीन महिना बढी भए नविकरण नगरेमा २५ प्रतिशत थप रकम ६ महिनासम्म नविकरण नगरे थप ५० प्रतिशत, एक वर्षसम्म नविकरण नगरे शतप्रतिशत थप रकम हर्जना तिरेर नविकरण र लगातार दुई वर्षसम्म नविकरण नगरेमा स्वतः सदस्यता खारेज हुने व्यवस्था गरिएको छ ।
अहिले संघमा यसै बिषयलाई लिएर दुई पक्षमा बाडिएका हुन् । अध्यक्ष धनबहादुर रावतलगाएत बहुमत पक्ष बिधान अनुसार नै अगाडी बढ्नुपर्छ भन्ने पक्षमा रहेका छन् भने वरिष्ठ उपाध्यक्ष हर्षबिक्रम खड्काका केही पदाधिकारीहरु दुई वर्ष नविकरण नगरेकालाई पनि सदस्यता नविकरण हुनुपर्छ भन्ने पक्षमा रहेका छन् ।
वरिष्ठ उपाध्यक्ष खड्काको संयोजकत्व गठित समितिले नै बिधान संसोधन गरेको थियो ।
उद्योग बाणिज्य संघमा असन्तुष्ट व्यवसायी नभएर बिचौलिया
उद्योग बाणिज्य संघमा असन्तुष्ट रहेका तालाबन्दी गर्ने कुनै व्यवसायी नभएर बिचौलिया भएको संघका पदाधिकारीहरु बताउने गरेका छन् ।
दुई वर्ष लगातार नविकरण नगरेका सदस्यहरुको सदस्यता स्वत रद्ध हुने नयाँ सदस्यका लिन पाउने व्यवस्थाको उल्लघलन गर्र्दै जवरजस्ती सदस्यता पाउनु पर्छ भन्ने हचुवाका भरमा सदस्यता वितरण गर्न पाउनुपर्छ भन्ने बिषयमा उद्योग बाणिज्य संघ सुर्खेतको बिधान विपरित भएको संघका अध्यक्ष धनबहादुर रावतले बताए । ‘जब जब चुनाव आउँछ । तब तब मात्र उद्योग बाणिज्य संघ खोज्ने र समग्र ब्यवसायीहरुलाई झन दुःख कष्ट दिन ब्यवसायिक हक हित बिरूद्धमा कार्य भइरहेको छ ।’ उनले भने,ब्यवसायीहरूलाई परेका समस्यहरुलाई झन दुःख दिने मनसायले संघमा तालालगाएर सबै किसिमका कार्यबाट बन्चित गराउने काम भइरहेको छ । त्यो बिधान विपरितको काम हो ।’
संघमा आठसयभन्दा बढी गैर व्यवसायी रहेको संघले जनाएको छ । तिनीहरुको नविकरण केवल चुनावको बेला हुने गरेको संघको दाबी रहेको छ ।
चुनावमा सधै किचलो
सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनमा सधै किचलो हुने गरेको छ । विगतमा निर्वाचनमा पनि सदस्यता विवाद हुँदा अहिले नौ महिनापछि निर्वाचन भएको थियो । अहिलेको निर्वाचन समयमा नै गरे आफुले नेतृत्व हस्तान्तरण गर्न खोजेको संघका अध्यक्ष रावतले बताए । ‘म बिधान अनुसार नै निर्वाचन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गर्न चाहेको छु ।’ उनले भने,‘तर, एउटा पक्षले किन हो खै बिरोध गरिरहेको छ ।’