२०८१, ८ बैशाख शनिबार

खुल्ला मञ्चमा घन्किएको देउडा भाका

शनिबार वीरेन्द्रनगर स्थित खुल्लामञ्जमा लागेको देउडा मेला । फोटोः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत। नेपालीहरुको प्रमुख चार्ड मध्ये एक मकर संक्रान्ति अर्थात माघी शनिबार सुर्खेत सहित देशैभर मनाइएको छ । कोरोना भाइरस (कोभिड–१९)को तेस्रो लहरका कारण सक्रकता अपनाउँदै स्थानीयले माघी मनाएका छन् । प्रत्येक बर्ष माघी मेलाले ध्यान खिच्ने वीरेन्द्रनगरमा शनिबार देउडा भाकाले सबैलाई आक्रशित ग¥यो । निर्माणाधिन रंगशालाको उत्तर तर्फको खाली जमिनमा युवा पुस्ता देखि वृद्ध वृद्धाहरुको भिँड थियो ।

प्रत्येक महिनाको एक गते र १५ गते देउडा मेला लगाउँदै आएका स्थानीयले शनिबार पनि देउडा भाकामा रमाएका हु्न् । खुल्ला मञ्च देउडा भाका सुन्दा आफ्नै गाउँमा उकाली ओराली, वन जंगल गर्दाका दिनहरुको याद आउने कालिकोटको तिलागुफा नगरपालिका–१० चिलखायाका गौरी प्रसाद उपाध्याय बताउँछन् ।

‘देउडा भाका गाएर हुर्केका हामीलाई यो सुन्दा आनान्द आउँछ,’ उनी भन्छन्, ‘मेला हेर्न आउँदा बच्पन देखि बुढा हुन्जेल सम्मका हराएका, छुट्टीएका साथीहरु भेटिन्छन् । आफन्तजन संग भेट गर्ने थलो बनेको छ ।’ ६२ बर्षीया उपाध्याय विगत केहि बर्ष देखी वीरेन्द्रनगर–१ मा बस्दै आएका छन् ।

गौरी प्रसाद जस्तै चिलखायाकै मनरुप थापा पनि देउडा खेल हेर्नमै मख्ख थिए । ६९ बर्षीया थापा वीरेन्द्रनगर आए संगै गाउँको झल्को मेटाउन प्रत्येक महिना देउडा मेला हेर्न आउने गरेको बताए । ‘पहिले गाउँमा बहुत देउडा खेलिन्थ्यो,’ उनले भने, ‘आज भोली त देउडा सुन्नै छाडिएको छ । कुनै समय हामी गाउँमा भेलापात जाँदा सबै जम्मा भएर खेल्थ्यौँ । तर आज भोली समय बदलिएको छ । देउडा भाका सुनिनै छाडिएको छ ।’

पछिल्लो समय नयाँ युवा पुस्ताहरु मोवाईल मै झुण्डिने, आफ्नो गित संगित भन्दा हिन्दी तथा अन्य बिदेशी गित संगितमा धेरै व्यस्त हुँदा दुख लाग्ने उनी बताउँछन् । ‘मेरा आफ्नै नाति नतिनालाई देउडा भाका के हो थाहा छैन,’ उनले थपे, ‘त्यो अब हामी एक जनाले बुझाउन सक्ने अवस्था छैन । पछिल्लो समय लोक संङगित, देउडा भाका सम्बन्धी गितहरु पनि आउनै छाडेका छन् ।’
खस साम्राज्य, नेपाली भाषाको उद्गम स्थल कर्णालीमा यस्ता थुप्रै गित संगित विभिन्न संस्कार र संस्कृतिहरु रहेका छन् । कुनै समय आफ्नै पहिचना रहेको कर्णाली पछिल्लो सयम इन्टरनेटको विकास संगै बाहिरबाट आयातित संस्कृतिले भरिने थालेको छ । बढ्दो सहरीकरणका कारण मानव बस्तीमा बसाई सराईको लहर चले संगै मानिसहरुमा आफ्ना, संस्कार र संस्कृति छाड्दै गएका छन् । यस्ता पुराना लोक संस्कृतिलाई जोगाउनको लागि वीरेन्द्रनगरमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका नागरिकहरुले स्वतस्फुर्त रुपमा प्रत्येक महना देउडा मेला लगाउँदै आएका छन् ।