२०८१, २१ बैशाख शुक्रबार

भलिबल र लोकदोहोरीको उपाधि चुलीलाई

cyc-300x300 सुर्खेतको रानीबासमा भएको भलिबल तथा लोक दोहोरी प्रतियोगिताको उपाधि मटेलाको चुली युवा क्लवले हात पारेको छ ।

रानीबासको लेकबेशी साँस्कृतिक युवा क्लवले दोस्रो वार्षिक उत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा चुलीले भलिबल र लोक दोहोरी प्रतियोगिताको उपाधि हात पारेको हो । भलिबलमा चुली युवा क्लव ‘बी’ टिम प्रथम, मटेला कै बिचार आदर्श जनसाँस्कृतिक युवा क्लव द्धितीय र चुली युवा क्लबकै ‘ए’ टिम तृतीय भएको छ । भलिबल तर्फ चुलीका इश्वर खड्का उत्कृष्ट र बिचार आदर्शको दिप हमाल अनुशासित खेलाडि घोषित भएका छन् ।

यस्तै लोकदोहोरीमा पनि चुली प्रथम भएको छ भने आयोजक लेकबेशीका टिमहरु क्रमशः द्धितीय र तृतीय भएका छन् । भलिबलमा प्रथम हुनेलाई १५ हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र, द्धितीय र तृतीय हुनेलाई क्रमश नगद १० हजार, ५ हजार र मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।

लोक दोहोरी तर्फ प्रथम हुनेलाई ७ हजार नगदसहित प्रमाणपत्र, द्धितीयलाई ५ हजार नगद र प्रमाणपत्र र तृतीयलाई तीन हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।