नेपालकै उत्कृष्ट बन्दै मोडेल कलेज

सुर्खेत । सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर–८ खजुरामा अवस्थित छ । बजार क्षेत्रबाट एकान्त सुनसान कोलाहल मुक्त क्षेत्रमा रहेको मोडेल कलेज पछिल्लो समय कर्णाली प्रदेश हुँदै नेपालकै एक उत्कृष्ट कलेजको रुपमा विकसित हुँदै गइरहेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बोधन प्राप्त कलेजमा हाल बीबीएस, बीआइएम, बीएचएम र एमबीएस जस्ता कार्यक्रमहरु सञ्चालनमा छन् । २०६७ सालमा २७ जना विद्यार्थीबाट सुरुवात गरिएको मोडेल कलेजमा हाल झण्डै ११ सय भन्दा बढि विद्यार्थीहरु अध्ययरत छन् । विभिन्न कार्यक्रम अन्तर्गत बिहान र दिउँसोको सयममा कक्षाहरु सञ्चालन भइरहेका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाहरु संगै सुदुरपश्चिम प्रदेशको अछाम, बाजुरा, कैलाली, गण्डकी प्रदेशको बाँके, बर्दिया, दाँङ लगायतका विभिन्न जिल्लाका विद्यार्थीहरु अध्ययनको लागि आउने गरेका छन् ।
आफ्नो स्थापना कालमा नै बीबीएस कार्यक्रम तर्फ मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल मोडेल कलेजले पछिल्लो समय कर्णाली प्रदेशमा मात्रै नभएर समग्र नेपालमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । त्रिभुवन विश्वविद्यालयले २०६५ सालमा बीबीएस कार्यक्रम तर्फ लगेको परिक्षणमा मोडेल कलेजका छात्र गणेश ढकालले सर्वोत्कृष्ट नम्बर सहित मोडेल कलेजलाई नेपालमै प्रथम बनाएका छन् । ढकालले बीबीएस कार्यक्रम तर्फ ७५ प्रतिशत अंक ल्याएका थिए ।
यसरी मोडेल कलेज गुणस्तरीय शिक्षामा आफुलाई चिनाउँदै गइरहेको छ । कलेजमा पछिल्लो समय विद्यार्थीहरुको आक्रषर्ण पनि बढ्दै गएको छ । मोडेल कलेजमा अध्ययन गरेका विद्यार्थीहरु विश्व बजारका विभिन्न क्षेत्रमा कार्यरत रहेको मोडेल कलेजका क्याम्पस प्रमुख गणेश आचार्यले बताए ।
पर्याप्तभौतिक संरचना
विद्यार्थीको पढाई संगै अन्य अतिरिक्त कक्षाहरुलाई ध्यानमा राखेर मोडेल कलेजमा प¥याप्त मात्रामा भौतिक संरचनाको निर्माण गरिएको छ । कुनै कार्यक्रम सञ्चालन गर्नको लागि एक हजार भन्दा बढि मानिसहरु अट्ने सभा हलको निर्माण गरिएको छ भने अत्याधुनीक ल्याप, किचेन ल्याप, विद्यार्थीको अभ्यास कार्यको लागि बार एण्ड रेष्टुरेन्ट समेत निर्माण गरिएको छ । बीएचएमका विद्यार्थीलाई मध्येनगर गरेर गोठीकाँडामा आफ्नै होटल सञ्चालनको लागि जग्गा लिएको र निर्माणको कार्य अघि बढाइने क्याम्पस प्रमुख आचार्यले बताए । होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई ईन्टनसिपको लागि सुर्खेत सहित नेपालमा विभिन्न होटल, संगै विदेशमा रहेका विभिन्न ठूला ठूला होटलमा पठाइरहेको समेत उनले बताए ।
निशुल्क अतिरिक्त कक्षा
माडेल कलेजले विद्यार्थीलाई नियमित कक्षाका साथै निशुल्क रुपमा अतिरिक्त कक्षा समेत दिइरहेको छ । समग्र विद्यार्थीको शिक्षाको गुणस्तरलाई ध्यानमा राखेर अतिरिक्त कक्षा सञ्चालन गर्ने गरिएको हो । कलेजमा अध्ययरत विद्यार्थीलाई टिउसन कक्षा पढ्नुको सोटा आफुहरुले निशुल्क अतिरिक्त कक्षा दिँदै आएको क्याम्पस प्रमुख आचार्यले बताए । हाल मोडेल कलेजमा बीबीएस, बीएचएम, बीआइएम र एमबिएस जस्ता कार्यक्रममा नयाँ भर्ना समेत सुरु भइरहेको छ ।
गुणस्तरीय शिक्षामा जोड दिएका छौँ

एउटा शैक्षिक संस्थाले आफ्नो गुणस्तरमा पनि विशेष ख्याल राख्नुपर्छ । नियमित कक्षा संगै विद्यार्थीलाई पढ्न उत्साह दिने खालका विभिन्न गतिविधिहरुमा पनि विशेष ध्यान दिनुपर्छ । हामीले शैक्षिक संस्था सञ्चालन मात्र गरेका छैनौँ । त्यसको गुणस्तरलाई पनि ध्यानमा राखेर अघि बढेका छौँ । भौतिक पूर्वाधारको क्षेत्रमा शशक्त छौँ । हाम्रोमा शैक्षिक वातावरण एकदमै राम्रो छ । उत्कृष्ठ प्रध्यापक, उत्कृष्ट व्यवस्थापन हाम्रोमा छ । त्यसैले पनि हामीले प्रत्येक बर्ष उत्साहपूर्ण नतिजा ल्याइरहेका छौँ ।
शैक्षिक क्षेत्रको सुखद उपलब्धी हो

बीबीएस तर्फ त्रिभूवन विश्वविद्यालयले लगेको परिक्षामा मोडेल कलेजले सर्वाेत्कृष्ट नम्बर ल्याएको छ । त्यसमा म ७५ प्रतिशत अंक सहित नेपाल प्रथम भएको छु । यसलाई मैले मेरो शैक्षिक जीवनको एउटा सुखद उपलब्धीको रुपमा लिएको छु । यो नतिजाले कर्णाली प्रदेशमा राम्रो अध्ययन गर्ने वातावरण छैन भनेर काठमाडौँ लगायतका विभिन्न ठाउँमा जाने विद्यार्थीलाई लगनशील भएर अध्ययन गरे जहाँ पनि सफल भइन्छ भन्ने सन्देश दिएको छ । त्यसमा मोडेल कलेजले आफुलाई प्रमाणित गरेको छ ।
मध्यम बर्गीय परिवारबाट शैक्षिक यात्राको थालनी गरेका ढकाल हाल निजामति सेवामा कार्यरत छन् । यस अघि ११, १२ मा ७८ प्रतिशत नजिता सहित सुर्खेत जिल्ला प्रथम भइसकेका ढकालले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट एमबिएस अध्ययन गरिरहेका छन् ।
बिद्यार्थीलाई सम्मान
मोडेल कलेजलले त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीएस परीक्षामा सर्वोत्कृष्ठ अंक सहित नेपाल प्रथम हुन सफल छात्र गणेश ढकाल सहित अन्य विद्यार्थीलाई सम्मान गरेको छ ।
ढकाल सहित बीबीएसको प्रथम बर्षमा कर्णाली प्रदेश प्रथम हुन सफल मनोज बडुवाल, बीबीएस दोस्रो बर्षमा कर्णाली प्रदेश प्रथम हुन सफल ललित बुढामगर र बिआइएम दोस्रो सेमेष्ट्ररमा काठमाडौँ उपत्यका बाहिर प्रथम हुन सफल अञ्जना राम्जालीलाई समेत सम्मान गरिएको सुर्खेत मोडेल कलेजका क्याम्पस प्रमुख गणेश आचार्यले बताए ।


