२०८१, ६ जेष्ठ आईतवार

कोरोनाले आर्थिक मारमा परेका मिडियालाई प्रदेश सरकारले राहत दिने

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)का कारण आर्थिक मारमा परेका सञ्चार माध्यामलाई कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २५ औँ साधारणसभालाई सम्बोधन गर्दै कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले राहतको घोषणा गरेका हुन । जस अनुसार प्रदेशभरीका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमा हललाई राहत स्वरुप एक लाख राहत दिइने छ । भाइरसको माहामारीको समयमा सञ्चार माध्यामले खेलेको भूमिकाको उच्च सम्मान गर्दै मन्त्री भण्डारीले सञ्चालनमा सहज होस भनेर राहत उपलब्ध गराउने निर्णय गरिएको बताए । साथै उनले पत्रपत्रिकालाई पनि राहत उपलब्ध गराउने निर्णय भएको बताए ।

मंगलबार वीरेन्द्रनगर सम्पन्न साधारणसभाले विभिन्न बिधामा ९ जना पत्रकारहरुलाई सम्मान गरेको छ । जसमा बर्ष पत्रकारिता पुरस्कारबाट अन्तपूर्ण पोष्टमा कार्यरत पत्रकार ललित बुढा र रेडियो भेरीमा कार्यरत मधुवन बिसी सम्मानित भएका छन् । उनीहरुलाई नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

यस्तै नन्दु गेलाङ्ग स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गिता थापा, खानेपानी तथा सरसफाइ पत्रकाररिता पुरस्कारबाट खिम बुढा र मान बहादुर ओली, शान्ति र विकास पत्रकारिता पुरस्कारबाट पत्रकार डम्बर आचार्य, भानुभक्त खड्का, देवीराम देवकोटा र चाँदनी कठायत सम्मानीत भएका छन् । सम्मानित उनीहरुलाई नगद १० हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

सम्बन्धित समाचार