२०८३, १७ असार बुधबार

कालिकोटमा थप ३ जनामा कोरोना संक्रमण देखियो

सुर्खेत, ८ भदौं । कालिकोटका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जिल्लाको तिलागुफा नगरपालिका–१ का २४,२५ र ४५ वर्षिया पुरुष कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले बताए ।
जिल्लामा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ७८ जना रहेको त्यसमध्ये ६५ जना डिस्चार्ज भएको र हाल १३ जना कोरोना संक्रिय बिरामी रहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक महतले जानकारी दिए ।