कोरोना महामारीका सुर्खेती कमाण्डर नीधि, जसको १८ घण्टा कोरोना विरुद्ध नै वित्छ
शेरबहादुर थापा, सुर्खेत, १२ साउन ।
कर्णाली प्रदेशलाई धेरैले कोरोना संक्रमणको उच्च खतरामा रहेको बताइरहेका थिए । चीनमा कोरोना संक्रमण देखिएसँगै कर्णालीमा उच्च सर्तकता अपनाउने गरी तयारी थालियो । नेपालमा कोरोना देखिएको लामो समय पछि कर्णालीमा जेठ पाँच गते पहिलो कोरोना संक्रमित भेटिए । कोरोना संक्रमित भेटिएपछि कर्णाली तातियो । कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेको जनस्वास्थ्य सेवा कार्यालयलाई पिसिएम सी कर्णाली प्रदेशले समन्वय गर्ने, स्वाव संकलन गर्ने जिम्मा दियो । प्रदेश सरकारले दिएको जिम्मालाई निमित्त प्रमुख चेतननीधि वाग्लेलगायतको टोलीले बखुबी निभायो ।

‘सुरुमा चीनमा कोरोना देखिएको थियो । यहाँ पनि आउन सक्छ भनेर फाग्ुन देखि नै तयारी गरेका थियौं । लकडाउन सुरु नहुँदै हामीले कर्णाली भित्रिने नाकाहरुमा हेल्थ डेस्क राख्यौं । हेल्थ डेस्क फागुन २२ देखि सुर्खेत एअरर्पोटमाा, २५ गते बबईमा सुरु ग¥यौं । फागुनको अन्तिममा कुइनेमा पनि हेल्थ डेस्क स्थापना गरेर ज्वरो मापन गर्ने काम भएको गरेका थियौं । चैत गयो, बैशाख गयो । महामारीबारेमा हामीले पढेका मात्रै थियौं ।’ उनी भन्छन्, ‘कोरोनाको मेडिकल पाटोको हामीले जिम्मा पायौं । परिक्षण गर्ने, विरामी भएको खण्डमा औषधी दिने, डाक्टरसँग समन्वय गर्ने, टेलिफोनबाटै उपचार गर्ने जस्ता काम निरन्तर गर्न थाल्यौं ।
जेठको १० गतेपछि मात्रै सुर्खेतमा कोरोना देखियो । कोरोना देखिएपछि स्वास्थ्यकर्मीको टोली चौविसै घण्टा खनु पर्ने देखियो । ‘प्रदेश सरकारको निर्णय अनुसार बबईमा जाँच गर्ने, आरडीटि पोजेटिभ भएको भए आइसोलेसनमा लैजाने जस्ता कामहरु ग्र्न थाल्यौं । जेठको पहिलो, दोश्रो, तेस्रो हप्तामा हजारौं नागरिक आए । नाकामा नै जाँच गर्ने योजना असफल भयो । त्यति नागरिक आउँछन भन्ने हामीलाई लागेकै थिएन । हजारौं नागरिक आएपछि हरेक पालिकाका हरेक वडामा क्वारेन्टाईन बनाइयो ।’ उनी भन्छन्, ‘कोरोना संत्रमण पुष्टि भएकाहरुबाट अरुलाई सर्न नदिन आइसोलेसनमा राखियो । सात वटा पालिकालाई बजेट नै प्रदेश सरकारले दियो । हामीले सर्पोट ग¥यौं । टेक्निकल सर्पोट, सहजीकरण सबै पालिकालाई ग¥यौं । प्रदेश क्वारेन्टाईन नेपाली सेनाले निर्माण गरेको थियो । त्यहाँ आएका नागरिकको हेरचाह देखि उपचारसम्म हामीले ग¥यौं ।’
जिल्ला मात्रै भनेर बस्न नपाईने उनको भनाई थियो । दशै जिल्लाका नागरिक यहाँ नै ठोकिए । हिमाली जिल्लामा नागरिक सोझौ पठाएको खण्डमा त्यहाँ समुदायमा कोरोना फैलिने खतरा र त्यसले ठूलो मात्रामा बजेट खर्च हुने ठानेर उनीहरुलाई घण्टाघरमै रहेको क्वारेन्टाईनमा राखिएको उनको भनाई छ ।
‘देश भित्रैबाट आउनेलाई सुरुमा क्वारेन्टाईनमा राख्यौं । त्यसपछि भारतबाट आउने र अहिले भारत र तेश्रो मुलुकबाट आउनेलाई क्वारेन्टाईनमा राख्यौं । स्वास्थ्य सेवा प्रदायकमा पनि कोरोना देखियो । कोरोना संक्रमितलाई सेवा दिएका थिए उनिहरुले । सुरक्षाका मापदण्ड अपनाउँदा अपनाउँदै पनि कोरोना उहाँहरुमा देखियो । सबै पेशा वर्ग, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई पनि देखिएको थियो । हामीले कन्ट्याक्ट ट्रेसिंगको काम गरेका थियौं । जिल्ला स्तरमा आइएनएफ सँग समन्वय गरेर एम्बुलेन्स व्यवस्थापनको पाटो सम्हाल्यौं ।’ उनी भन्छन्, ‘अहिलेसम्म हामीले तीन वटा शव हामीले व्यवस्थापन गरेका छौं । नेपाल सरकारको निित अनुसार हामीले सेना, प्रशासनसँग समनवय गरेर त्यो काम गरेका थियौं । पञ्चपुरीका एक युवा, सिम्तामा महिलाले आत्महत्या गर्नु भएको थियो । दैलेखको एक विरामीको शव व्यवस्थापन गरियो ।’
सुर्खेतमा सात हजार सात सय भन्दा बढिको स्वाव संकलन गरिएको छ, त्यसमध्ये पाँच सय २६ जनामा कोरोना देखिएको उनको भनाई छ । जिल्ला बाहिरका व्यक्ति पनि यसमा छन् । सुर्खेतका दुइ जनाको मृत्यू भएको छ । यो शुन्य दशमलव २ प्रतिशत हुन आउँछ । संक्रमितमध्ये स्वास फेर्न गाह्रो हुने, ज्वरो आउने ६ जनामा मात्रै लक्षण देखियो । ९५ प्रतिशतमा कोरोनाका कुनै पनि लक्षण देखिएको छैन । लकडाउन खुलेपनि कोरोनाको खतरा सकिएको छैन । अब सबैले मास्क अनिवार्य लगाउनु पर्छ । सजगता उत्तिकै महत्वपूर्ण छ ।

कोरोनाको नाकबाट स्वाव संकलन गर्ने जनशक्ति बढाएको उनको भनाई थियो ‘जिल्लाका दुइ जनाले प्रयोगशालाका साथीहरुबाट तालिम लिनु भयो । उहाँहरुमार्फत नौ वटै पालिकामा काम गर्ने स्वास्थ्यकर्मीलाई बोलाएर तालिम दिएका छौं । अहिले स्वाव संकलनको काम प्रभावकारी रुपमा भइरहेको छ । स्याम्पल संकलन देखि क्वारेन्टाईन व्यवस्थापनसम्म ६० प्रतिशत काम पालिकाले रेका छन् ।’ उनी भन्छन्, ‘वास्तवमा कोरोना महामारी विरुद्ध लडन जनताको सबभन्दा नजिकको सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । उपचारको विषयमा, रेफरको विषयमा सामाग्री सप्लाई गरेका छौं । अहिले कोरोना नियन्त्रण उन्मुख छ । थप सजगता अपनाउनु पर्ने छ ।’
‘क्वारेन्टाईनमा पाँच सय जना अझै छन् । जोखिम समूदायमा कत्तिको छ भनेर अब खोज्दै हिँडछौं । नापी, मालपोत, फिल्डमा खटिनेहरु, यातायात मजदुर सुरक्षाकर्मी, क्वारेन्टाईन आसपासका पसललगायतका नागरिकको स्वाव संकलन गर्ने गरी अघि बढछौं । त्यसले समुदायमा कोरोनाको वास्तविक चित्र देखाउने छ ।’ अहिले क्वारेन्टाईन घटदै गइरहेको छ । कुनै पनि लक्षण छैन भने घरमा नै बस्न सकिन्छ । २२ जना भन्दा बढि नागरिक घरमै बसेका छन् । विगत तीन महिना काम गर्न कठिन भयो । टिमवर्कका कारण काम गर्न सहज पनि भयो । विहान सवा ६ बजेदेखि कार्यालयमा आइरहेका छौं । हिजोको रिर्पोट के छ भनेर हेर्ने, पोजेटिभ छ भन्ने जानकारी, प्रदेश अस्पताललाई दिने, सम्वन्धित पालिकालाई खबर गर्ने, कार्यालयको काम गर्ने गरेर लकडाउन अवधी वितायौं ।’
उनी भन्छन्, ‘म अहिले घरमा विगत डेढ महिना देखि अलग्गै बसेको छु । निरन्तर स्वाव जाँच गरिरहेको छु । अग्रपंक्तिमा खटेर स्थानीय स्वास्थ्य शाखा, निर्देशनालय, मन्त्रालय, अस्पताल सबैले सहयोग गर्नु भएको छ ।’

कर्णालीमा क्वारेन्टाईन व्यवस्थापनमा थोरै कमजोरी भएको उनको भनाई छ । क्वारेन्टाईन व्यवस्थापन राम्रो सँग गर्न सकेको भए क्वारेन्टाईनमा सर्थेन । संख्या धेरै घटाउन सकिन्थ्यो । बिचमा ल्याव एक हप्ता बन्द भयो । सुरुमा काठमाडौं स्वाव पठाउनु पथ्र्यो । मास्क पनि पाइदैन थियो ।’
क्वारेन्टाईनमा एक्कासी विरामी हुनु भएको थियो धेरै एम्बुलेन्सलाई अनुरोध गर्दा पनि समस्या भयो । ‘एम्बुलेन्स तयार हुने तर विरामीसँग जान कोही नमान्ने, सेवा दिन अलमल हुने गथ्र्यो । यतिसम्म कि एम्बुलेन्स चालकले कहिले विग्रेको भन्ने, कहिले अन्य समस्या देखाउने गर्थे तर अहिले सहज भएको छ ।’
कर्णालीमा कोरोनाको जोखिम नघटेको उनको भनाई छ । ‘कर्णालीमा अहिले पनि बाहिरबाट नागरिक आउनेको संख्या कम भएको छैन । उहाँहरुलाई क्वारेन्टाईनमा अनिवार्य राख्न आवश्यक छ ।’ उनले भने, ‘सबै नागरिकले सजगता अपनाउँदै अघि बढनुको विकल्प छैन ।’
