२०८१, ७ बैशाख शुक्रबार

कर्णालीका वडाअध्यक्ष जसले तलव सुविधा फिर्ता गर्ने गरे घोषणा

सुर्खेत, ३ साउन ।
कर्णालीका एक वडा अध्यक्षले पाँच वर्षसम्म राज्यबाट पाईने तलब जनतालाई नै फर्काउने घोषणा गरेका छन् । कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेश बमले आफुले पाएको पारिश्रमिक फिर्ता गर्ने घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन । उनी नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन ।
उनले आफु निर्वाचित भएदेखि आफुले पाएको कुल रकम १२ लाख ३५ हजार मध्येबाट १८ हजार ५ सय २५ रकम करकट्टी भइसकेको र बाकी रहेको १२ लाख १६ हजार ४ सय ७५ रकम जनतालाई फिर्ता गर्ने घोषणा गरेका छन् ।
बमले लेखेको फेसबुक स्टाटसमा अधिकाँशले एम्बुलेन्स किन्न सुझाव समेत दिएका छन् । कालिकोट जिल्लाको ग्रामिण भेगमा अधिकाँश नागरिकले एम्बुलेन्स सेवा नपाएर अकालमै ज्यान गुमाउने गरेकाले वडाध्यक्ष बमलाई एम्बुलेन्स किनेर जनताको सेवा गर्न सुझाव दिएका छन् । बमले पनि सवैको सुझावलाई आत्मसाथ गर्दै आफुले एम्बुलेन्स जनताको लागि ल्याउने बताएका छन् ।