२०८१, ६ पुष शनिबार

फोहोरबाट ‘मोहोर’ बनाउन बजेट खोज्दै वीरेन्द्रनगर, प्रदेशबाट आशा

सुर्खेत, असार १९ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले फोहोरबाट मोहोर बनाउन आवश्यक पर्ने स्रोत प्रदेश सरकारबाट पाउने आशा राखेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि प्रदेश सरकारले बजेट कर्णाली प्रदेश सभामा बजेट छलफलकै क्रममा छ । वीरेन्द्रनगर नगरपालिकाले नगरमा जम्मा हुने दशौं टन फोहोरलाई मोहोर बनाउन भन्दै ल्याण्डफिल्ड साईट व्यवस् थापन गर्न े भएक ा े छ   । वीरेन्द्रनगर नगरपालिका वडा नं. १ मा रहेको कृष्ण सामुदायिक वन उपभोक्ता समूहको क्षेत्राधिकारमा पर्ने तारे भीर क्षेत्रमा वीरेन्द्रनगरको फोहोर व्यवस्थापन गर्ने गरी नगरपालिकाले तयारी सुरु गरेको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

‘‘विगतमा वर्षायाममा वीर ेन्द्रनगरको फोहोरलाई उक्त स्थानसम्म पु¥याउन असहज हुने गर्दथ्यो । अहिले पहुँचमार्ग सुधार भइसकेको छ ।’’ उनले भने, ‘सधैं गाडी फस्ने ल्याण्डफिल्ड साइट नजिकैको एक सय ३५ मिटर भिरालो सडकको आरसीसि गरेका छौँ । यसका लागि नगरपालिकाले ४५ लाख रुपैयाँमा टेण्डर आव्हान् गरेको थियो । आशिष निर्माण सेवाले ३० लाख ६९ हजार रुपैयाँमा ठेक्का लिई ५० मिटर नालासहित उक्त सडकको निर्माण गरेको हो  ।’’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिक ा राम ढक ालले सामुदायिक बन क्षेत्रको जग्गाको भा ेग ाधिक ा रक ा लागि न ेपाल सरकारसँग माग गरी प्राप्त भइसकेको बताए । ‘‘हामीले पाँच विगाहा जग्गा भा ेग ाधिक ा रक ा लागि न ेपाल सरकारसँग माग गरेका थियौं । उक्त जग्गा हाम्रो भोगाधिकार क्षेत्रमा आइसकेको छ ।’’ उनले भने, ‘‘अब थप पूर्वाधार विकासको काममा हामी अघि बढ्नेछौं ।’’ नगरपालिकाले ल्याण्डफिल्ड साईट निर्माणक ा े विस्तृत प िरया ेजना (डिपीआर) निर्माण गरिसकेको छ । परियोजनामा तीन वटा चरणमा काम सक्ने गरी योजना बनाइएको छ । यसका लागि ३४ करोड ५४ लाख ९४ हजार १८७ रुपैयाँ लागत अनुमान गरिएको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बताए । उनका अनुसार पहिलो, दोस्रो र तेस्रो गरी तीन चरणमा परियोजना सम्पन्न गर्ने योजना डिपीआरमा बनाइएको छ ।

पहिलो चरणका लागि २ करोड २७ लाख ३३ हजार ४१२ रुपैयाँ लागत अनुमान गरिएको छ । पहिलो चरणका लागि बजेट प्र ाप्त भइसक ेक ा े नगरपालिकाले जनाएको छ । प्रदेश सरकारले दुई करोड ३५ लाख, एसएनभी नामक संस्थाले एक करोड र नगरपालिकाले ५० लाख बजेट व्यवस्थापन गरेका छन् । पहिलो चरणमा शौचालयको लेदो फोहोर व्यवस्थापन, कुहिने र नकुहिने फोहोरको व्यवस्थापन र कुहिने फोहोरबाट कम्पोष्ट मल निर्माण कार्य गरिनेछ । प्लाष्टिकजन्य फोहोरलाई डिस्पोजल पनि गरिनेछ । दोस्रो चरणमा सेक्युरिटी गार्ड कार्यालय, पार्किङ्ग स्थल, पाइपलाइन विस्तार, ट्रक एरिया निर्माण गर्ने, विद्युत पु¥याउने जस्ता महत्वपूर्ण भौतिक स ंरचन ा निर्माण् ा गर्न े त या री नगरपालिकाको छ । यसका लागि १९ करोड ९० लाख ८७ हजार ४२५ रुपैयाँ आवश्यक पर्ने देखिएको छ । यो काम अर्को वर्ष सुरु गर्नुपर्ने भएको बताउँदै नगरपालिकाले स्रोतको खोजी गरि रह ेक ा े उपप्रमुख मा ेहनमाया ढकालले बताइन् । यस्तै, तेस्रो चरणको काम सम्पन्न गर्नक ा लागि १२ करोडभन्दा बढी रुपैयाँ आवश्यक पर्ने उनको भनाइ छ । ‘‘तेस्रो चरणको काम सम्पन्न गर्न १२ करोड ३७ लाख ७३ हजार ३५० रुपैयाँ आवश्यक पर्ने डिपीआरमा उल्लेख छ । यो बीस वर्षभित्र सम्पन्न गर्ने लक्ष्य हामीले लिएका छौँ । यहाँ विभिन्न संरचना बनाउने, फोहोर फाल्ने स्थानलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना पनि हामी यसमा पछि थप गर्नेछौँ ।’’ उनले भनिन्, ‘‘अहिले हामी बजेटको खोजीमा छौं । नेपाल सरकार, प्रदेश सरकार, अन्य गैरसरकारी निकायसँग स्रोतका लागि सहयोग गर्न आव्हान् गरिरहेका छौँ ।

वीरेन्द्रनगरको फोहोरलाई कसरी मोहोरमा रुपान्तरण गर्न सकिन्छ भन्नेतिर हामीले ध्यान बढी केन्द्रित गरिरहेका छौँ ।’’ उनले बजेट प्राप्त भएको खण्डमा सुर्खेतको फोहोरलाई पूर्णरुपमा वैज्ञानिक व्यवस्थापन गर्न सकिन े बताइन्   । उनले प्रदेश सरक ा रले राजधानीक ा े फा ेहा ेर व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न तयार हुने अपेक्षा व्यक्त गरिन् ।