२०८१, २० बैशाख बिहीबार

११ सय नाघ्यो कर्णालीमा कोरोना संक्रमितको संख्या, ४९५ जना निको भए

 

सुर्खेत ।
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार १ सय नाघेको छ । बुधबार सुर्खेतका २ जना, दैलेखका २ जना र कालिकोटका १४ जना गरी जम्मा नयाँ संक्रमित १८ जना कोरोना संक्रमित थपिएका हुन् । योसंगै हालसम्म कर्णाली प्रदेशमा जम्मा कोरोना पुष्टि भएको संख्या १ हजार १ सय ४ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
बुधबार थपिएका १८ जनाको परिक्षण प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको थियो ।

मन्त्रालयका अनुसार हालसम्म दैलेखमा सबैभन्दा बढि ६३६ जना, सुर्खेतका २३७ जना, सल्यानका १३७ जनामा संक्रमण देखिएको छ । हुम्ला र डोल्पामा सबैभन्दा कम १/१ जना संक्रमित छन् । त्यस्तै कालिकोटमा ४२ जना, जुम्लामा २४ जना, जाजरकोटमा ८, मुगुमा २ जनार अन्य प्रदेशका १६ जना संक्रमित कर्णालीमा रहेका छन् ।

कर्णालीमा हालसम्म ४ सय ९४ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सम्बन्धित समाचार