२०८१, १४ बैशाख शुक्रबार

प्रमुख जिल्ला अधिकारीलाइ समन्वय समितिले ग¥यो स्वागत, कालाबजारी नियन्त्रण हुने अपेक्षा

सुर्खेत, २९ जेठ।
जिल्ला समन्वय समिति सुर्खेतले नयाँ आएका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको विहीबार स्वागत गरेको छ । ‘विगतमा जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी हुँदा गर्नु भएको काम प्रशंसनीय छ । प्रदेश राजधानी भएको सुर्खेतको समग्र प्रगतिको लागि तपाईले काम गर्नुपर्छ भनेर हामीले भनेका छौं ।’ जिल्ला समन्वय समितिका उपप्रमुख देवि आचार्यले भनिन्, ‘तपाई आएदेखि सुर्खेती र प्रदेशवासीको मुहारमा हाँसो छाएको छ । यहाँका नागरिकलाई शान्ति तथा सुरक्षाको प्रत्याभूति दिनुहोला ।’ उनका अनुसार कोरोना संक्रमणलाई कम गर्न आवश्यक काम गर्न सुझाव दिइएको हो । ‘हामीले सुर्खेतकै युवालाई प्रमुख जिल्ला अधिकारीको रुपमा पाएका छौं । संविधानले दिएको अधिकार अनुसार काम गर्न सल्लाह दियौं ।’

उनले भनिन्, ‘यो ऐतिहासिक अवसर हो । सुर्खेतवासीलाई कोरोनाबाट बचाउन कानूनको प्रयोग गरी भएपनि निर्णय गर्न सुझाव दिएका छौं ।’
उनले त्यसकालागि आफूहरु सहयोग गर्न तयार भएको प्रमुख जिल्ला अधिकारीलाई बताएको उनको भनाई छ ।