२०८१, ३० मंसिर आईतवार

सुर्खेतका कोरोना संक्रमित अखिलका नेताको गुनासो, रातमा किरा र मच्छरले सुत्न दिदैनन, साथीहरुले मजाक बनाए

सुर्खेत, २१ जेठ ।
कर्णाली प्रदेशमा समुदाय स्तरमा कोरोना संक्रमण फेलिएको पुष्टि भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरास्ववियु सुर्खेतका सहसंयोजक जगत ढकालमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै यो रहस्य खुलेको हो । सहसंयोजक ढकालले आइसोलेसन वार्ड भनेर प्रचार गरिएजस्तो कुनै पनि सेवा सुविधा नभएको बताएका छन् । उनले आफू काठमाडौं जान भनेर मात्रै पिसिआर जाँच गराएको बताउँदै कोरोना पोजेटिभ देखिएकोमा शंका व्यक्त गरे । ‘म यहाँ आएदेखि नै न स्वास्थ्यकर्मीले सोधेका छन्, न कुनै उपचार गरिएको छ ।’ उनले नयाँ नेपालसँग बुधबार विहान भने, ‘अहिलेसम्म कसैले न सम्पर्क गरेका छन्, न नेताले सहानुभूति नै प्रकट गरेका छन् ।’ प्रस्तुत छ उनीसँग गरेको कुराकानकिो सम्पादित अंशः
‘विगत २० दिन भन्दा अघि देखि म वीरेन्द्रनगर भ्याली भित्रै छु । म कहि कतै शंकास्पद व्यक्ति सँग गएको पनि छैन, कसैसँग भेट पनि भएको छैन । मलाई त्यस्तो लक्षण पनि केहि पनि छैन । अरु भन्दा म सचेत नागरिक हो । एन ९५ र सर्जिकल मास्क, स्यानीटाईजर नियमित रुपमा प्रयोग गरिरहेको छु । त्रिभूवन विश्वविद्यालयको साईन्स फ्याकल्टीको स्नातकोत्तर गणित विभागमा म भर्ना भएको छु । अहिले अनलाईन कक्षा सूरु भयो । सुर्खेतको पश्चिममा नेटले काम गरेन । नेट राम्रोसँग काम गरेको भए म सायदै भ्याली आउँथे । विश्वविद्यालयको नियमअनुसार २० नम्बरको आन्तरिक परिक्षा हुने, होमवर्क नगरे नम्बर नपाईने, मिड टर्ममा सहभागि नहुने जस्ता प्रावधानका कारण म बाध्य भएर यहाँ आएको हो ।
म वीरेन्द्रनगरमा आफन्तको घरमा बसिरहेको थिएँ । उनीहरुसँगै खाइरहेको थिएँ । उनीहरुसँगै बसिरहेको थिएँ । अर्काको घरमा कति बसौ भनेर गाह्रो लागेर मैले काठमाडौं जाने योजना बनाएँ । म अहिले मोबाइलबाट पढिरहेको छु । कक्षा मोबाईलबाटै लगिरहेको छु । मोबाइलबाटै कति हेर्नु भनेर पट्यार लागेको थियो । काठमाडौंमा रहेको मेरो कोठामा ल्यापटप पनि उतै, किताबहरु पनि काठमाडौंमा नै छन् । मैले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई काठमाडौं जानुपर्ने भएका कारण सहयोग गर्न अनुरोध गरेको हो । मैले मेरो पैसा दिन्छु भन्ने कुरा पनि गरें पीसिआर जाँच गर्न । उहाँले पैसा दिनुपर्दैन भनेर भन्नु भयो ।
म जेठ १८ गते प्रदेश अस्पतालमा जाँच गर्न आएको थिएँ । तीन बजेसम्म बसें । त्यहाँ जाँच भएन । पछि सोही दिन वीरेन्द्रनगर नगरपालिकाले बालमन्दिरमा पिसिआर जाँच गराइरहेको थियो म त्यहाँ गएँ । पिसिआर रिर्पोट ढिलो आएको थियो । मेलमा पठाइदिन्छु भनेर स्वास्थ्यकर्मीले भनेका थिए, तपाई जाँदै गर्नुस भनेर तर रिर्पोट पोजेटिभ आएको रहेछ ।


मेरो रिर्पोट पोजेटिभ आइसकेपछि म हिडेरै प्रदेश अस्पताल आएको हो । मेरो मोबाईलको चार्जर समाप्त हुनै लागेको थियो । हिडेरै प्रदेश अस्पताल आएँ । म कसैको सम्पर्कमा पनि छैन । म कसरी विश्वास गरौं कि मलाई कोरोना देखियो भनेर ? यो कर्णालीको नयाँ मुद्दा हो । फेरि जाँच गर्न भन्दा पनि मानिएन् । स्तर उठेको नेता हो म कार्यकर्ता हो मानौंला । सर्वसाधारण सुरक्षित छन भनेर कसरी विश्वास गर्ने ?
मलाई प्रदेश सरकार र अन्य नेताहरुले मलाई राम्ररी चिन्छन्, । मलाई कोरोना लागेकै थिएन जर्बजस्ती कोरोना लागेको रिर्पोट बनाईयो कि भन्ने चिन्ता लागेको छ ।
बाहिर मन्त्रीहरुले भाषण दिइरहेका छन् कि आइसोलेसन वेडमा सबै सुविधा छन् भनेर तर यहाँ केहि व्यवस्था छैन । तपाईलाई कोरोना लागेको छ भने अस्पताल नआउनुहोस । यहाँ केहि पनि व्यवस्था छैन । ओढने ओच्छ्याउने छैन । राती मच्छरले टोक्छन् । किरा आएर रातभरि टोक्छन, म के गरौं । भातपनि हुर्र फाल्छन् । कुकुर भन्दा तल्लो व्यवहार गरिन्छ । टेबुलमा खाना ल्याएर राखि दिनुपथ्र्यो तर त्यस्तो केहि व्यवस्था छैन । म सँग भएको पैसा खर्च गर्ने वातावरण पनि छैन । म काठमाडौं जान नपर्ने भएको भए पीसिआर जाँच नै गर्थेन कसरी थाहा हुन्थ्यो कोरोना ? कि सबैलाई जाँच गर्ने वातावरण राज्यले मिलाउन आवश्यक छ ।
एक सावुन बाँडेर लोकप्रियता कमाउने होडवाजी भइरहेको छ । त्यो गलत हो । बरु साबुन बाँडनुको साटो उपचारको राम्रो व्यवस्थ ागर्न नेताहरुले आवश्यक छ । अहिले मेरोबारेमा साथहिरुलेसामाजिक सञ्जालमा मजाक बनाइरहेका छन् । मलाई कोरोना देखियो भने तपाईलाई पनि छैन भन्ने के प्रमाण छ म सोध्न चाहन्छु । मलाई कोरोना नै हो भने अरुलाई पनि भएको होला । म अहिले अखिलको जिल्ला सह संयोजक छु । अस्पतालमा व्यवस्था राम्रो गरियोस । मैले आवाज उठाउन सक्छु र पनि मेरो पहुंच पुगेको छैन भने सर्वसाधारणको हालत के होला ?’