२०८३, २० असार शनिबार

सुर्खेतमा चार वर्षीया बालिकामाथि युवकद्वारा बलात्कार गरेको आरोप

सुर्खेत, २० जेठ ।
सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १० कि चार वर्षीया बालिकालाई एक पच्चीस वर्षीया युवकले बलात्कार गरेको आरोप लागेको छ । गत विहीबार साँझ ६ बजे चार वर्षीया बालिकालाई घर नजिकै रहेको गोठमा लगि राज विकले बलात्कार गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी इन्सपेक्टर माधव चौधरलिे बताए । ‘बालिका हराइसकेपछि हामीलाई खबर आएको थियो । साढे आठबजे हामी त्यहाँ पुगेर खोजविन गरेका हौ. ।’ उनले भने, ‘राती साढे एक बजे बालिकालाई फेला पारेका थियौं ।

बालिकाको भनाइको आधारमा सोही समयमा राज विकलाई नियन्त्रणमा लिएका हौं ।’ उनले जिल्ला अदालत सुर्खेतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको जानकारी दिए ।