२०८३, १९ असार शुक्रबार

दैलेखका थप १४ जनामा कोरोना संक्रमण, कर्णालीमा ६० पुगे संक्रमित


सुर्खेत । दैलेखका थप १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रवार गरिएको परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि हुनेमा सबै नारायण नगरपालिकाको रहेका स्रोतले जनाएको छ । स्रोतका अनुसार संक्रमति हुनेमा सबैजना पुरुष रहेका छन् । योसंगै कर्णाली प्रदेशका कोरोना संक्रमित ६० पुगेका छन् । यसअघि सुर्खेतका ३० र दैलेखका १६ गरि प्रदेशभर ४६ संक्रमित थिए ।