सुर्खेतका ३ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या ४ पुग्यो
सुर्खेत ।
कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुन परिक्षणाका लागि नेपालगन्ज पठाइएको थियो ।
नेपालगन्जमा पनि तीनैजनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्लेका बताए । उनका अनुसार उनिहरू तीनैजना सुर्खेतका नागरिक हुन् । उनिहरूला गएको विहिवार भारतबाट उद्वार गरि ल्याइ बबइमा आरडिटी गरिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि पिसिआर परिक्षण गरिएको हो ।
यसभन्दा अगाडि दैलेखको आठविस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ ।
