२०८३, १८ असार बिहीबार

कर्णाली सरकार खेति गर्दै, कोरोना खोज्न गाउँ पस्दै

सुर्खेत, १ जेठ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा हालसम्म कोरोना नदेखिनु सुखद भएपनि कोरोनाको उच्च जोखिममा रहेको बताएका छन् । विहीबार श्रम दिवसको अवसरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको खाद्य सुरक्षाकालागि उत्पादन विषेश अभियान शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकार अहिले कोरोना कहाँ छ भन्ने स्थान पत्ता लगाउन लागि परेको बताए ।

‘अहिले हामीले कोरोनाको लोकेशन खोजिरहेका छौं । कोरोना पत्ता लागेको खण्डमा हामी उक्त स्थानलाई नै घेराबन्दी गर्ने र नियन्त्रण गर्ने योजनाका साथ हरेक वडामा कोरोना जाँच गर्न स्वास्थ्यकर्मी पठाएका छौं ।’ मुख्यमन्त्री शाहीले भने, ‘कोरोना संक्रमण नभएको स्थानमा लकडाउन खुकुलो पार्दै जान्छौं र कृषि उत्पादनका कार्यक्रमहरु लागु गर्छौं ।’
कर्णाली प्रदेशमा सडक संरचना पुगेपछि मात्रै खाद्यान्नमा परनिर्भर भएको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीलाई पुरानै अवस्थामा फर्काउन सबै युवाहरुको साथ प्रदेश सरकारले खोजिरहेको बताए । ‘विगतमा कर्णालीमा संघसंस्था थिएनन् । चामल खाने बानी पारिएको थिएन । मकै कोदो खान्थे बाहिरबाट नुन मात्रै खरिद गर्ने प्रचलन थियो ।’ मुख्यमन्त्री शाही भन्छन्, ‘तर अहिले अवस्था फेरिएको छ । नेपालकै सबैभन्दा बढि खाद्य असुरक्षा हुने प्रदेशको रुपमा कर्णाली पुगेको छ । यो अवस्थाबाट माथि उठाउन कर्णालीको जमिन बाँझो नराखौं । कर्णालीमा उत्पादन गर्नको लागि समूह बनाएर युवाहरु आउनुस हामी जमिनको पनि व्यवस्थापन गर्छौं । मल, बीउ उपलब्ध गराउँछौं । बजारीकरणमा हामी समन्वय गरिदिन्छौं ।’
कर्णाली उत्पादनकालागि उर्वर भूमि भएको बताउँदै डाँडा पाखामा स्याउ सुन्तला रोप्न र अन्नबाली उत्पादन हुने स्थानमा अन्न रोप्न सबैलाई आग्रह गरे । ‘मानसरोवरबाट बगेर आउने कर्णालीमा खो्ला नमिसिए कर्णाली बन्ने थिएन । त्यस्तै प्रदेश सरकारले उत्पादन बढाउने अभियान सुरु गरेको छ । यो अभियान सरकारले चाहेर मात्रै पुरा हुन सक्दैन । यसकालागि सबै जनताको साथ र सहयोगको आवश्यकता छ । आउनुस, सरकारले तपाईलाई सहयोग गर्छ ।’ कर्णालीलाई उत्पादनमा आत्मनिर्भर बनाउने र सकेसम्म अन्य प्रदेशलाई पाल्न सक्ने क्षमता बनाउन बजेट ल्याउने उनको भनाई थियो ।
‘विगतमा भारत तथा अन्य देशबाट खाद्यान्न आपुर्ति हुन्थ्यो । तर यो वर्ष सबै देश कोरोनको संक्रमणका कारण समस्यामा छन् । हामीलाई आवश्यक पर्ने खाद्यान्न त्यहाँ उत्पादन नहुन पनि सक्छ । अत्यन्तै जोखिम छ ।’ उनले भने, ‘खाद्य संकटलाई समाधान गर्न सबै स्थानमा खे ितगर्न जरुरी छ । सिंचाईको व्यवस्थ ागर्न सरकार तयार छ । यो वर्षको बजेट कृषिमा नै केन्द्रित हुने विश्वास दिलाउन चाहन्छु ।’
मुख्यमन्त्री शाहीले कर्णालीमा सिमेन्ट, रड जस्ता संरचना निर्माणका सामाग्रीहरु ल्याईने बताए । ‘हामी हाम्रो नाकामा तीन दिन गाडी राखेर भएपनि निर्माण सामाग्रीहरु कर्णाली ल्याउँछौं ।’ उनले भने, ‘त्यहि कोरोना विरुद्धको औषधी छर्केर मात्रै कर्णाली प्रवेश गराउँछौं ।’
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीमा तीन लाख ५० हजार ९९८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा हाल तीन लाख २७ हजार ५७८ मे.टन मात्रै उत्पादन भइरहेको जानकारी दिईन । उनका अनुसार कर्णालीमा हाल २३ हजार ४२० मे.टन खाद्यान्न अपुग भइरहेको छ । कोरोना संक्रमणका कारण उत्पादन बढाउन नसके सिथति भयावह आउने बताउँदै मन्त्री केसीले स्थानीय तहसँग मिलेर निजी जमिन तथा सरकारी जमिनमा सरकारले नै खेति लगाउने गरि अभियान सुरु गरिएको बताईन । ‘प्रदेशमा दुइ लाख ९९ हजार ३३९ हेक्टर खेतियोग्य जमिन रहेकोमा २८ प्रतिशत जमिन बाँझो रहेको छ ।’ मन्त्री केसीले भनिन्, ‘जग्गा बाँझो रहन नदिन जमिन बाँझो नराखौं, सक्नेलाई खे ितगर्न दिउँ भन्ने नाराका साथ यो अभियान सुरु भएको हो ।’ उनले आगामी वर्षमा सात सय हेक्टरमा खेतिगर्ने कार्यक्रम रहेको बताईन ।