२०८३, १७ असार बुधबार

कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्रीहरु प्रवाह गर्न महासंघ सुर्खेत शाखाकाे आग्रह

सुर्खेत १६ बैशाख ।

पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ सुर्खेत शाखा २०७७ बैशाख १६ गते देखि २९ औं वर्षमा प्रवेश गरेको अवसरमा कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्रीहरु प्रवाह गर्न आग्रह गरेकाे छ । जारी बिज्ञप्तीमा भनिएकाे छ  “महासंघका सदस्य सञ्चारकर्मीका साथै लोकतन्त्र, नागरिक अधिकारका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हामी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछांै ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले स्थापनाकालदेखि नै श्रमजीवि पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ । यसमा हाम्रा अग्रजहरूको योगदान र महासंघको गौरवपूर्ण इतिहासप्रति महासंघ सुर्खेत शाखा समिति गर्व गर्दछ ।


यतिवेला बिश्वब्यापीरुपमा कोरोना भाइरसले आक्रान्त बनाइरहेको अवस्थामा हामी पनि अछुतो छैनाै‌ । यो विषम परिस्थितिमा सञ्चार क्षेत्र विभिन्न अवसर र चुनौतीबीच गुज्रिरहेको छ । तथापि सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्ने आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ र आमसञ्चारकर्मीको योगदानप्रति हामी हार्दिक आभार प्रकट गर्दछौ । यसपटक कोरोना भाइरसको संक्रमणका कारण स्थापना दिवसको खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था रहेन । यस्तो अवस्थामा सम्पूर्ण सञ्चारकर्मी साथीहरूलाई कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पु¥याउने गरी सचेतनामूलक सामग्रीहरु प्रवाह गर्न आग्रह गर्दछौ । आफू सुरक्षित रही सत्य, तथ्य र सन्देशमूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्वप्रति सबै पत्रकार सजग रहेको महासंघको विश्वास छ ।
पछिल्ला दिनहरूमा प्रेस स्वतन्त्रता हनन्का घटनामा संख्यात्मकरूपमा केही कमी आएपनि प्रवृत्तिगत अवस्था उस्तै रहेको छ भने दण्डहीनता कायमै छ । श्रमजीवि पत्रकारहरूका समस्या ज्यूँ का त्यूँ छन् । यस अवस्थामा मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापना एवम् सञ्चार क्षेत्रका समस्या समाधानका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउ“दछौ । महासंघ यी सबै समस्या समाधानका लागि सञ्चार क्षेत्रका विभिन्न संघ, संस्था र व्यक्तित्वहरुसंग बृहद एकता र साझेदारीका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।
अन्त्यमा, महासंघ सुर्खेत शाखाको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघलाई शुभकामना तथा शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको यस दिनले हामीलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न अझ बढी प्रेरणा मिलोस् भन्ने अपेक्षा गर्दछौ ।”