२०८१, २७ चैत्र बिहीबार

अलपत्र नागरिकको उद्वारमा व्यस्त नेकपा दैलेखका नेता कार्यकर्ता

 

सुर्खेत ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको डरले गएको वैशाख ११ गतेदेखि देश नै लकडाउन छ । यातायात सबै ठप्प छन् । सरकारले जो जहाँ छ त्यहीँ बस्न अनुरोध गरेको छ ।

तर लकडाउन अवधि १ महिना नाघिसकेको छ । विभिन्न शिलसिलामा जिल्लाबाहिर रहेकाहरू घर जान नपाएर एक महिनासम्म अलपत्र परिरहेका छन् । लकडाउन अझै लम्बिने छाँट देखिन्छ ।

तसर्थ लकडाउनको कारण काठमाडौमा अफ्ठेरोमा परेका दैलेख जिल्लाबासीहरूको उद्वारमा खटिएका छन् नेपाल कम्नियुष्ट पार्टी दैलेख जिल्लाका नेता तथा कार्यकर्ता ।
दैलेखका नेकपाका नेता तथा कार्यकर्ताहरू स्थानीय सरकारको समन्वयमा जिल्लाबासीहरूला घर फिर्ता गराउने चटारोमा छन् । दैलेखका संघिय सांसदद्वय राजबहादुर बुढा, रविन्द्रराज शर्मा र  पार्वती विसुन्के देखि प्रदेशसभा सदस्य धर्मराज रेग्मी र नेकपा दैलेखका जिल्लास्तरका नेता तथा विद्यार्थी नेताहरू दैलेखबासीलाई घर पठाउन व्यस्त छन् ।

शुक्रबारसम्म करिब ६ सयभन्दा बढिलाइ दैलेख पठाइसकिएको नेकपा जिल्ला कमिटी दैलेखका सदस्य शेरबहादुर रावतले जानकारी दिए । ‘हामिले काठमाडौंमा विभिन्न सिलसिलामा बसोबास गर्दै आउनसभएका ६ सयभन्दा बढि दैलेखबासीहरूलाई घर पठाएका छौं ।’ उनले भने, ‘अझै पनि सम्पर्कमा आउनेहरूलाइ पुन पठाउन खटिरहेका छौं ।’

उनका अनुसार चामुण्डाबिन्द्रसैनी नगरपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका ठाटिकाँध गाउँपालिका र नारायण नगरपालिकाका तथा दुल्लु नगरपालिकाका नागरिकहरूलाई घर पठाइएको हो । ‘काठमाडौंबाट पठाइएकाहरुलाई सुर्खेत तथा दैलेखको सीमानामा र्यापिड टेस्ट सरहको स्वास्थ्य परीक्षण गरी नारायण नगरपालिका पुर्याइने छ । त्यसपछि स्थानीय तहको जिम्मा लगाइने छ ।’ नेता रावतले भने, ‘दैलेखका संघिय सांसदद्वय राजबहादुर बुढा र रविन्द्रराज शर्मासंगको सहकार्यमा विभिन्न स्थानीय तहका सम्पर्क व्यक्तिहरू तोकेर उद्वारमा लागिरहेका छौं ।’

नेता रावतले विपदको समयमा नागरिकको उद्वा, गर्नु आफुहरूको कर्तव्य भएको उल्लेख गर्दै सरकारले लकडाउन अवधि थप्ने भए बाँकि दैलेखबासिहरूलाई उद्वार गरिने बताए ।

स्थानीय तहअनुसार नेता कार्यकर्ताको कार्यविभाजन गरि सम्पर्क गराइ घर पठाइएको छ ।