२०८१, २८ चैत्र शुक्रबार

वीरेन्द्रनगरले वितरण गर्यो १६ हजार परिवारलाई खाद्यान्न (पूरा विवरणसहित)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बसोबास गर्दै आएका १६ हजार बढि परिवारले राहत पाएका छन् । वीरेन्द्रनगरमा स्थायी बसोबास गर्दै आएका र विभिन्न सिलसिलामा अस्थायी बसोबास गर्दै आएका १६ हजार ८ परिवारले राहतस्वरूप खाद्यान्न पाएको नगरपालिकाले जनाएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको डरले गरिएको लकडाउनबाट प्रभावितलाई नगरपालिकाले दुई चरणमा राहत वितरण गरेको हो । ‘पहिलो चरणमा नगरका स्थायी बासिन्दा ६ हजार ६ सय ८२ परिवारलाई राहत वितरण गर्यौं । दोस्रो चरणमा नगरमा बस्दै आएका विद्यार्थी तथा मजदुरलाई ९ हजार ३ सय २६ परिवारलाई राहत वितरण गर्यौं ।’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले भने ।
उनका अनुसार नगरपालिकाले प्रति ६ जनाको परिवारलाई ३० किलो चामल, १ किलो नुन, १ किलो दाल र १ लिटर तेल वितरण गरिएको हो । भने प्रतिविद्यार्थि ५ किलो चामल, १-१ किलो दाल, नुन र १ लिटर तेल वितरण गरिएको हो ।

नगरपालिकाले राहत वडा कार्यालयद्वारा वितरण गरेको थियो । साथै कसैलाई राहत आवश्यक परेमा १०१ मा निशुल्क फोन गर्न अनुरोध गरेको छ ।

हेर्नुस् पूरा विवरण :