¥यापिड टेस्टमा पोजेटिभ देखिएका मुगुका युवामा कोरोना देखियो नेगेटिभ
सुर्खेत, ७ बैशाख ।
मुगुको खत्याड गाउँपालिकामा बैशाख ४ गते कोरोना संक्रमणको द्रुत परीक्षण (¥यापिड टेस्ट) मा एक जनामा पोजेटिभ नतिजा देखिएका व्यक्तिमा पीसिआर जाँच गर्दा नेगेटिभ देखिएको छ । यो सँगै कर्णालीमा हालसम्म एक जनामा पनि कोरोना देखिएको छैन ।
मुगुको खत्याड गाउँपालिकामा बिहिबार भारतबाट आएका ५५ जनाको ¥यापिड टेस्ट गरिएको थियो । ¥यापिड टेस्ट गर्दा एक जनामा पोजेटिभ देखाएको र आज पिसिआर गरेपछि नेगेटिभ देखिएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।
उनका अनुसार पोजेटिभ देखिएका व्यक्ति चैत्र १ गते भारतबाट आएका व्यक्ति हुन् । उनी होम क्वारेन्टाइनमा रहेका छन् । उनको थ्रोव स्वावको परिक्षण प्रदेश अस्पताल कालागाउँमा गरिएको थियो ।
