रुकममा पूर्वमन्त्री जनार्दनकाे अगुवाइमा बन्दै अाइसाेलेसन भवन
कर्णाली प्रदेशको रुकुम (पश्चिममा) प्रीफ्याब आइसोलेसन भवन बनाउने काम धमाधम अगाडि बढेको छ।
कोरोना भाइरसको सम्भावित संक्रमितलाई उपचार गर्न चौरजहारीमा प्रीफ्याब आइसोलेसन भवन बनाउन थालिएको हो। नेता एवं पूर्वऊर्जामन्त्री जनार्दन शर्माका अनुसार निर्माणको काम १० दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जनश्रमदानमा निर्माण भइरहेको हो।
निर्माणको अगुवाइ शर्माले गरेका हुन्। निर्माणका लागि आवश्यक पर्ने सामग्री नगरपालिका मार्फत उपलब्ध गराइएकोमा शर्माले थप स्वास्थ्य सामग्री आफूले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, हामी पनि सक्छौँ र सक्नुपर्छ। कोरोना महामारीको नियन्त्रणको लागि चौरजहारी नपा रुकुममा सबै सुबिधा सहितको प्रीफ्याब आइसोलेसन भवन १० दिनमा सक्ने लक्ष्य सहित काम सुरु भएको छ। जनता नै शक्तिका श्रोत हुन्। सबै कुरा जनताबाट सिकौं।


