कोरोनाबाट ६४ हजार बढीको मृत्युु, बाह्र लाख बढि संक्रमित
काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ६४ संख्या ६४ हजार ६ सय ६ नाघेको छ यस्तै संक्रमित संख्या १२ लाख भन्दा पुगेको छ ।
कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्तै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै विश्वभर कोरोना भाइरसबाट बाह्र लाख बढि संक्रमित भएका छन् ।
त्यस्तै, २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएका छन्।