२०८३, १७ असार बुधबार

कर्णाली प्रदेश विपद कोषमा सहयोगी हात जुट्दै, झण्डै ३४ लाख बढी जम्मा

सुर्खेत, १९ चेत ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्ने सहयोगीहरुको संख्या बढदै गइरहेको छ । बुधबारसम्म ३४ लाख भन्दा बढी रकम कोषमा जम्मा भइसकेको हो । प्रदेश विपद व्यवस्थापन कोषमा आज कुमारी वैंकको तफवाट रु.१० लाख र राष्ट्रिय अपाँंग महासंघ, कर्णाली प्रदेशको तर्फवाट रु ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग प्राप्त भएको छ । सहयोग वापतको चेक रकम माननीय मुख्यमन्त्री महेन्द्बहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री दल रावलको उपस्थितिमा कुमारी वैंक सुर्खेतका शाखा प्रवन्धक हिमाल प्रसाद मुडभरी र राष्ट्रिय अपाँंग महासंघ, कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले हस्तान्तरण गरेका हुन ।


यसअघि सिटीजन वैंकले रु.७ लाख, सिद्धार्थ वहुउघेश्यीय सहकारी संस्था सुर्खेतले रु.२ लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले रु.२ लाख, सिद्धार्थ संचार सहकारी संस्था (सुनगाभा टेलिभिजन) सुर्खेतले रु.७५ हजार, लगनशील महिला लघुउद्यमी सहकारी संस्था सुर्खेतले रु.५० हजार र सिद्धार्थ नेशनल एकेडेमिले रु.२५ हजार, सिद्धार्थ बैंकको तर्फबाट बैंकका प्रदेश कार्यालय प्रमुख रञ्जन कोईरालाले रू.१० लाखको चेक र नौमुले गाउँपालिका–३, द्वारी दैलेख निवासी पदमबहादुर बिश्वकर्माले व्यक्तिगत रुपमा रु.५१ हजार रुपैयाँको चेक प्राप्त भई खातामा रकम जम्मा भइसकेको जनाइएको छ ।