कर्णालीमा विदेशबाट आएका नागरिक झण्ढै नौ हजार, क्वारेन्टाईन २५ सय
सुर्खेत, १६ चैत ।
कर्णाली प्रदेशमा आकस्मिक अवस्थाको तयारीका लागि भन्दै २ हजार ५२८ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ भने भारत लगायत अन्य देशबाट कर्णाली भित्रिनेको संख्या ८ हजार ६५० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश भरि जम्मा आइसोलेसन बेड ३३९ वटा तयार भएको छ भने १७ वटा आइसियू तयारी अवस्थामा रहेको छ । प्रदेश भरि ७ वटा मात्रै भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ । स्थानीय तहमा २०२८ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ भने ३२ वटा आइसोलेसन बेड तयार पारिएको छ । जिल्ला तथा प्रदेश अस्पतालहरुमा ५०० वटा क्वारेन्टाईन, ३०७ वटा आइसोलेसन बेड, १७ आइसियू र सात वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

