२०८३, १७ असार बुधबार

कर्णालीका सुरक्षाकर्मीलाई ५० प्रतिशत, स्वास्थ्यकर्मीलाई १०० प्रतिशत प्रोत्साहन भत्ता !

सुर्खेत, १३ चैत ।
कर्णाली प्रदेश सरकारले क्वारेन्टाईनमा बस्ने, हेल्थ डेस्कमा बस्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । ‘कर्णालीमा कोरोना संक्रमणको जोखिम बढदै गएकोले त्यसको विरुद्ध आम नागरिकको साथ सहयोग अपरिहार्य छ ।’ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने, ‘कर्णालीका जनतालाई कोरोना संक्रमण भए नभएको जाँच गर्ने स्वास्थ्यकर्मी, आइसोलेसन वार्डमा काम गर्ने स्वास्थ्यकर्मी, हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्य कर्मीलाई खाइ पाई आएको तलबको एक सय प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय भएको छ ।’ उनका अनुसार उक्त कार्यमा खट्ने सुरक्षाकर्मीलाई पचास प्रतिशत प्रोत्साहन भत्ता दिइने प्रदेश सरकारले निर्णय गरेको छ ।