‘सरकार चलाउनु कम्पनी चलाएजस्तो हो ? दैलेख र सुर्खेतका जनताप्रति पुर्वाग्रह किन ?’ (भिडियो)
सुर्खेत ।
कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीले प्रदेश सरकार कम्पनी वा क्लव जसरी संचालन भएर परिवर्तन नहुने बताएका छन् । शनिवार वसेको कर्णाली प्रदेशसभाको पाँचौ अधिवेशसनको दोस्रो बैठकमा बोल्दै सांसद रेग्मीले भने, ‘प्रदेश सरकार स्थापना भएको दुई वर्ष भएको छ । सरकारसामु केही प्रश्नहरु छन् जसको जवाफ सरकारले दिनैपर्छ । लोकतन्त्रमा सरकार पारदर्शि हुनुपर्छ र विधि र संविधानअनुसार चल्नुपर्छ । सरकार भनेको जवाफ दिने निकाय हो, आफैले प्रश्न गर्ने हैन ।’
उनले सरकारले दुई वर्षमा गरेका कामको जवाफ दिनुपर्ने र संसदमा सरकार प्रमुखको हैसियतले मुख्यमन्त्रीले जवाफ दिनुपर्ने वताउँदै भने, ‘दुइ वर्षमा सरकारले के गर्याे ? मुख्यमन्त्रीज्युले भन्नैपर्छ । कर्णालीको विकास, राजनीति तथा आर्थिक प्रगति यो दुई वर्षमा के भयो ?’
अहिलेसम्म कति प्रतिशत वजेट खर्च भयो भन्ने तथ्यांक नभएपनि पाँच देखि छ प्रतिशतसम्म खर्च भएको उल्लेख गर्दै उनले बजेट कस्तो चिजलाई प्राथामिकतामा राखेर खर्च गर्छाैं भन्ने मुख्य कुरा रहेको वताए ।
उनले भने , ‘सरकारमाथि वित्तीय अनुशासन उल्लंघनका करिब एक सय चालिस भन्दा वढि मुद्दाहरु अखितयारमा परेका छन् । यस्ता घटनाहरुको जवाफ सरकारले अख्तियारलाई त देला तर जनतालाई जवाफ कसले कसरी दिन्छ ? अख्तियारलाई जवाफ दिएर सफाई पनि पाईन्छ होला, तर सरकार पारदर्शि भई जनताका लागि काम गरिरहेको छ भनेर देखाउन सरकारले भतेर, र्याली, गोष्ठिभन्दा बाहिर उठेर दिनुपर्छ ।’
सांसद रेग्मीले कर्णाली प्रदेश सरकारले शनिवार मनाएको प्रदेशसभा स्थापना दिवसलाई भतेरको संज्ञा दिए । कर्णाली प्रदेशभरमा अघिल्लो आर्थिक वर्षमा एक अर्व भन्दा वढि वजेटको गोष्ठि संचालन गरेको महालेखा परिक्षकको कार्यालयको तथ्यांक उदृत गर्दै उनले प्रश्न गरे, ‘लोकतन्त्र पारदर्शि हुनुपर्छ, सरकार संचालन गर्नृ कम्पनी, प्राली वा कुनै क्लव संचालन गरेजस्तो होइन ।’
‘विचौलियाहरु संस्थागत रुपमा मन्त्रालयको वरीपरी छन्, सरकारले सुर्खेत र दैलेखप्रति केही पुर्वाग्रह राखेजस्तो देखिएकोले मैले केही सवाल उठउनै पर्छ, के हामिले लोकतन्त्र र परिवर्तनको कुनै लडार्इँ लडेनाँै ? हामीले कसको के बिगारिदियौं ? दैलेख र सुर्खेतका सांसद र विकासप्रति किन पुर्वाग्रह छ ? हाम्रा मान्छेहरु आन्दोलनमा मारिएनन् कि ? के आधारमा हामी प्रताडित भइराख्नुपरेको छ ? के आधारमा सरकारले दैलेख र सुर्खेतका जनताहरुको काम गर्न नसकेको हो ? सुर्खेत र दैलेखका जनताले अनुदान नपाउने ? विमानस्थल प्रदेश वा संघिय कुन सरकारको पहल नभएर रोकिएको हो ? दैलेख र सुर्खेतका जनताले विकासको मुद्धा राख्न नपाउने ? दैलेख र सुर्खेतका जनतासामु पुर्वाग्रह हुने ?’ उनले प्रश्न गरे ।

